क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सिन्धुली जिल्ला संगठन समितिको आयोजनामा सिन्धुलीमाढी स्थित लोकतान्त्रिक चौतारीमा राष्ट्रियता, जनतन्त्र र जनजीबिकाको पच्छेमा, महंगी, कालाबजारी, तस्करी, भ्रष्टाचार र असमान सन्धि सम्झौता र राष्ट्रघाती एमसीसी को विरुद्ध भण्डाफोर गर्न बिरोध सभा सम्पन्न भएकोछ ।


बिरोध सभालाई सम्बोधन गर्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल राष्ट्रिय एकता महाधिवेशन आयोजक समिति सदस्य सिन्धुली जिल्ला इन्जार्च जीवनले नेपालको सबै समस्याको जड दलाल पँुजिवादी सामन्तवादी ब्यवस्था र सवै संसदीय पार्टीहरू हुन त्यसैले संपूर्ण नेपाली जनता एक भै यो व्यवस्थालाई अन्त्य गरी नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवादमा प्रवेश गरे पछि मात्र नेपालको सवै समस्यालाई सम्बोधन गर्न सम्भव छ । त्यसैले नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवाद निर्माण गर्न क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निर्माण भई कमरेड किरणको संयोजकत्वमा गठित पार्टीले आगामि २०८१साल मङ्सिर १३गते देखि २३ गतेसम्म काठमाडौंमा आयोजना हुने भ एकोले संपूर्ण जन समुदायहरूलाई आर्थिक, भौतिक, नैतिक सवै किसिमबाट सहयोग र समर्थन जुटाई दिनुहुन हार्दिक अनुरोध गर्नु भयो । कोणसभालाई पार्टीका ३ नंवर प्रदेश सदस्य ढक प्रसाद देवकोटाले सञ्चालन गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर