क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला संगठन समिति प्यूठानको आयोजनामा २०८१ भाद्र १७ गते, प्युठानको वाग्दुलामा विरोधसभा सम्पन्न भएको छ । भ्रष्टाचार वि?द्धको अभियान तथा पार्टी एकता प्रचारात्मक कार्यक्रम लेखिएको व्यानरमा उक्त कार्यक्रम सम्पन भएको हो ।
कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्र्टी नेपालका केन्द्रिय सचिवालय सदस्य तथा प्युठान जिल्ला ईन्चार्ज टिकाराम पौडेल, प्युठान जिल्ला संयोजक विरबहादुर पुनले मन्तव्य राख्नु भएको थियो । जिल्ला सह – संयोजक गोपाल नेपालीले स्वागत मन्तव्य र अर्का जिल्ला सह संयोजक गोविन्द पोख्रेलले कार्यक्रमको संचालन गर्नु भएको थियो ।
कार्यक्रममा वक्ताह?ले समसामयिक विषयह? भ्रष्टाचार , महंगीको विरोध गर्नुका साथै प्राकृतिक प्रकोपह? बाढी, पहिरो, डुबान जस्ता कारणबाट पीडितह?को राहत उद्धारको व्यवस्था मिलाउनको लागि सरकारसंग जोडदार माग गर्नु भएको थियो ।
साथै वक्ताह?व्दारा देशमा भ्रष्टाचारले सीमा नाघेको भन्दै यसको नियन्त्रण गर्नु पर्ने , वेरोजगारलाई रोजगारको व्यवस्था गर्नु पर्ने ,महिलामाथि भएका हिंंसाजन्य क्रियकलापको अन्त्य गर्न सरकारसंग माग गरिएको थियो । उहाँह?ले वर्तमान अवस्थामा कम्युनिस्ट पार्र्टीह?को वीचमा ध्रुवीकरणको आवश्यकता रहेको कुरामा जोड दिनु भएको थियो ।