क्रान्तिकारी धारालाई एकताबद्ध गर्नु महाधिबेसनको मूख्य कार्यभार हो

क्रान्तिकारी धारालाई एकताबद्ध गर्नु महाधिबेसनको मूख्य कार्यभार हो

 

 

 

 

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको आसन्न एकताको महाधिवेशन  २०८१ मसिर १३ देखि २३ सम्म काठमाण्डौमा सम्पन्न हुदै छ । र त्यो महाधिवसनले मुख्यत  क्रान्तिकारी आन्दोलन र कम्युनिस्ट पार्टीमा देखा परेका विभिन्न भडकाव र त्यसले आन्दोलनमा पारेको प्रभावमा आगामी क्रान्तिको कार्यदिशा तथा समग्र कम्युनिस्ट आन्दोलनको मूल्याङ्कन गर्ने छ । कम्युनिस्ट आन्दोलनलाई सामान्य राजनैतिक आन्दोलनको अर्थमा होइन ु त्यसको महत्व र उद्देश्य व्यापक  छ भन्ने  मान्यतालाई समेत स्थापित गर्नु छ ।

आज नेपालको कम्युनिस्ट आन्दोलनमा विभिन्न प्रकारका विभ्रमहरु रहेका छन   ती सबै भ्रमहरुलाई चिर्नु र  कम्युनिस्ट  क्रांतिकारी धारालाई  एकतावद्ध गर्नु यो महाधिवेशनको मुख्य कार्यभार हो ।  महाधिवेशन सङठनात्मक दृष्टिले नियमित  प्रक्रिया त हो नै त्यतिमात्र नभएर यसले नेपाली क्रान्तिको  मार्गचित्र पनि  पहिल्यानु छ । त्यस अर्थमा यो महाधिवसको एतिहासिक महत्व  छ । यसको अर्थ यो होइन विगतमा भएका सम्मेलन वा महाधिवेशनको  कुनै अर्थ र भूमिका थिएन । तिनीहरूको पनि आ—आफ्ना ठाऊँमा ऐतीहासिक महत्त्व छ । तर, आज कम्युनिस्ट आन्दोलन जुन ढ्ङ्ले विभाजित र विश्रखलित छ त्यसलाई एकतावद्ध गर्दै सबै प्रकारका गलत प्रवृतिहरु मुख्यतः दक्षिणपन्थी औसरबााद बिरुद्ध ‌ सघर्ष गरेर नै क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको विकास गर्न संभव हुनेछ ।

क्रान्तीकारी कम्युनिस्ट पार्टी नेपालको यो महाधिवेशन आफ्नो पार्टीको नियमित सांगठनिक प्रक्रिया मात्र नभएर समग्र नेपालको कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्ने गहन जिम्मेवारी बोधका साथ  सम्पन्न गर्नु छ । तसर्थ, यो महाधिबेसन वैचारिक, राजनैतिक, साङठात्मक तथा सांस्कतिक हिसावले पनि उन्नत र सिर्जनात्मक बनाउनु पर्दछ ।  महाधिवेशन कति झकी झकाउ भयो भन्ने आधारमा होइन, यसले समग्र नेपालका श्रमाजीबी  मजदुर, किसान, महिला ,दलित, बुद्धिजीवी,  आदिवासी जनजाति  , मधेसी, मुश्लिम ,युवा ,बिद्यार्थी , अल्पसङ्ख्यक समुदाय तथा  राष्ट्रिय पुँजीपति समेतको चासो चिन्ता र अधिकार सुनिश्चित गर्ने नीति तथा कार्यक्रमहरु तय  गर्छ कि गर्दैन भन्ने कुराले सफलता र असफलताको मापन गर्नेछ। हामीले यो महाधिबेसनमा नेपालको आर्थिक, सामाजिका ,  सांस्कृिक अवस्था, भूराजनीति प्रभाव त्यसले पारेको असर तथा नेपालको राष्ट्रिय स्वाधीनता, जनअधिकार र जनजीविकाका मुद्धालाई केन्द्रबिन्दुमा राखेर  गर्ने नीति निर्माणले मात्रै  महाधिवेशन एतिहासिक हुनेछ  र  हाम्रो सम्पूर्ण ध्यान त्यसमा नै  हुनुपर्दछ । यो महाधिबेसनलाई विचारधारात्मक हिसाबले  उन्नत  बनाउन एकातिर पार्टी पंक्तिले  खोज अनुसन्धान  गर्दै विचार राजनीति र सङ्गठना्मक हिसावले माथि उठाउन  ध्यान दिनु पर्दछ भने अर्कोतिर बौद्धिक जगत , उत्पीडन  वर्ग समुदाय तथा विभिन्न क्षेत्रका जनताको पनि फिडब्याक लिनु पर्दछ । 

महाधिवेशनले लिने नीति कार्यक्रम र त्यसले बनाउने समग्र योजनाले  देश र जनताको आवश्यकता र श्रमजीवी जनताको मुक्ति र परिवर्तनको  स्पष्ट दिशानिर्दश गर्नु  पर्नेछ । त्यसका लागि पहिलो काम क्रान्तिकारी कार्यदिशाको निर्माण नै हो । त्यो भनेको माक्र्सवाद— लेनिनवाद—माओवाद र विचारधाराको आलोकमा नेपालको विशिष्टतामा क्रान्तीकारी कार्यदिशा निर्माण गर्नु भनेको मूलतः नेपालको अर्थ ( राजनीतिको जगमा अन्तरविरोधको  निक्र्योल गर्नु  र वर्ग सत्रुप्रति निशाना सोझ्याउनु नै हो । त्यसका लागि सामाजिक आर्थिक सांस्कृतिक   अवस्थाको तथ्य परक खोज अनुसन्धान पहिलो सर्त हो । त्यसका साथै विज्ञान प्रविधिमा भएको विकास र त्यसले पार्ने प्रभावको बारेमा  पार्र्टी पंक्तिलाई अद्यावधिक गर्न सकिएन भने आजको आन्दोलनको नेतृत्व गर्न  सम्भव हुनेछैन ।  त्यसैले यो  एकता महाधिबेसनलाई खोज अनुसन्धानका  साथै वर्ग सघर्षको न्युक्लियसका रुपमा स्थापित गर्नु छ । यही पृषठभूमिमा हाम्रा  नीति निर्माण गर्नु पर्दछ र हाम्रो पार्टी अहिले त्यही अभियानमा   छ । कम्युनिस्ट आन्दोलनको मुख्य विषय समाजको वस्तुनिष्ट अन्वेषणद्वारा  कार्यदिशाको निरुपण गर्दै ,बर्ग दुस्मन मुख्यतः दलाल पूँजीवाद ,नोकरशाही पूँजीवाद र सामन्तवादी उत्पादन सम्बन्धको अन्त्य र पुँजीवादी जनवादी क्रान्तिको खुड्किलो पार गर्दै  वैज्ञानिक समाजवादको स्थापनाद्वारा मात्रै अहिलेका आधारभूत अन्तरविरोधको समाधान हुनेछ । तसर्थ, यो महाधिवेशनलाई संपूर्ण क्रान्तीकारीहरुको मूलधार बनाउन तथा दक्षिणपन्थी संशोधनविरुद्ध  वैचारिक, राजनैतिक साङ्गठनिक हिसावले विजय प्राप्त नगरी  क्रान्ति सम्पन्न हुँदैन र हाम्रो  संपूर्ण ध्यान त्यसैमा केन्द्रित हुनु पर्दछ । यसका साथ साथै व्यक्तिवादी अराजकतावाद र मनोगतवाद विरुद्ध पनि विचारधारात्मक संघर्ष गर्दैै क्रान्तिकारी विचारमा निखार ल्याउन पार्र्टी पंक्ति सचेत हुनुपर्दछ ।

क्रान्तिकारीहरूको लागि सबैभन्दा महत्वपूर्ण  विषय  क्रान्तिकारी पार्टीको निर्माण ,क्रान्तिकारी कार्यदिशा  र कार्यक्रम  नै हो ।  त्यो नीतिलाई  लागू गर्ने भरपर्र्दो  सङ्गठन र  सघर्ष सम्बन्धी स्पष्ट मार्गचित्र  यो महाधिबेसनले  तय गर्नु छ     र  त्यसका लागि  संपूर्ण पार्टी सदस्यहरुले  पार्र्टीको नीति निर्माणमा मुख्य ध्यान दिनु पर्दछ ।   यतिबेला पार्र्टीमा   वैचारिक राजनैतिक साङ्गठनिक  विषयमा व्यापक  छफलकाल  बहस र अन्तरक्रियाद्धारा  नीति निर्माण  गर्न चुक्यौं  भने त्यसले  सिङ्गो कम्युनिस्ट आन्दोलनलाई नै क्षती पुर्याउछ । तसर्थ,अहिलेको यो एकता महाधिबेसनलाई   एकातिर वैचारिक राजनैतिक साङ्गठनिक सवै क्षेत्रमा विकास गर्न जरुरी छ भने अर्कोतिर देश दिनप्रति दिन  गंभीर संकटतर्फ गइरहेकोले त्यसको निकास  खोज्न पनि  हामीले विशेष पहल कदमी लिनु पर्ने छ  ।  यी सबै पक्षमाथि ध्यान दिंदा यो महाधिवेशनको  एतिहासीक महत्व रहेको  कुरा स्वतः स्पष्ट  छ ।