क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सल्लाहकार कृष्णवाला श्रेष्ठको निधन, पार्टीद्वारा श्रद्धाञ्जली अर्पण

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सल्लाहकार कृष्णवाला श्रेष्ठको निधन, पार्टीद्वारा श्रद्धाञ्जली अर्पण

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सल्लाहकार समिति सदस्य कृष्णवाला श्रेष्ठको भदौं १२ गते निधन भएको छ । उहाँको भदौं १२ गते बिहान ५ बजे भक्तपुर जिल्लाको मध्यपुर अस्पतालमा पक्षघातका कारण ८२ बर्षको उमेरमा निधन भएको हो ।

भक्तपुर जिल्लामा क्रान्तिकारी कम्युनिस्ट पार्टीको संस्थापकहरुमध्ये एक उहाँ कमरेड बैकुण्ठमान श्रेष्ठका समकालीन र पाँचौ महाधिवेशनमा भक्तपुरबाट प्रतिनिधि हुनुहुन्थ्यो ।

कम्युनिस्ट आन्दोलन र कम्युनिस्ट पार्टीप्रति निष्ठावान रही स्वास्थ्यले साथ दिएसम्म सबै बैठक र कार्यक्रममा सहभागी तथा सक्रिय रहीरहने क. श्रेष्ठलाई बिशेष स्मरण गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले एक शोक वक्तव्य जारी गर्दै कमरेड कृष्णवाला श्रेष्ठप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्नु भएको छ । पार्टी प्रवक्ता सुदर्शनले जारी गरेको शोक वक्तव्यमा शोकाकूल परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।

thumbnail of Krishnawala Condolence