एकता महाधिवेशन प्रचार प्रसार समितिको जुम बैठक सम्पन्न : २० गते पत्रकार सम्मेलन गर्ने, प्रचार प्रसारलाई व्यापक बनाइने

एकता महाधिवेशन प्रचार प्रसार समितिको जुम बैठक सम्पन्न : २० गते पत्रकार सम्मेलन गर्ने, प्रचार प्रसारलाई व्यापक बनाइने

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको मंसिर १३ देखि २३ सम्म गरिने एकता महाधिवेशनको प्रचार प्रसारलाई व्यापक बनाउने तयारी गरिएको छ । महाधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्न पार्टीको एकता महाधिवेशन प्रचार प्रसार समितिको जुम बैठक बुधबार साँझ सम्पन्न भएको छ ।
समितिका संयोजक रामसिंह श्रीसको अध्यक्षतामा भएको बैठकमा पार्टीका प्रवक्ता हेमन्तप्रकाश ओली लगायत २२ जना नेताहरुको उपस्थिति रहेको थियो ।

बैठकले भदौं २० गते काठमाडौंमा पत्रकार सम्मेलन गर्ने, भदौ मसान्तसम्ममा झापाको काँकडभिट्टा, मोरङको जोगमुनी, सुनसरीको इटहरी, रसुवाको रसुवागढी, पर्साको वीरगञ्ज, रुपन्देहीको सुनौली, कृष्णनगर, बाँकेको नेपालगञ्ज, कैलालीको धनगढी, कञ्चनपुरको महेन्द्रनगर, मुस्ताङको कोरला, काभ्रेको साँगा, काठमाडौंको नाकढुंगा, ललितपुरको कुलेखानी, एअरपोर्ट लगायतका स्थानमा होल्डिङ बोर्ड राख्ने निर्णय गरेको छ ।

बैठकले असोज १५ सम्ममा राजमार्ग लगायतका देशैभर व्यापक रुपमा वालपेन्टिङ गर्ने, कार्तिकमा कोणसभा गर्ने, महाधिवेशनसँग सम्बन्धित जिङ्गलहरु बनाउने, सामना र रक्तिमका कलाकारहरुलाई तयार पार्ने, महाधिवेशनलाई लक्षित गरी गीत संगित तयार पार्ने, विभिन्न मिडियाहरुमा नेताहरुका अन्तर्वार्ता प्रशारण गर्ने लगायतका महत्वपूर्ण निर्णयहरु गरिएको बैठकमा सहभागी एक नेताले जानकारी दिनुभयो ।

बैठकले अत्याधुनिक सुचना प्रविधिको प्रयोगमार्फत् पनि महाधिवेशनको प्रचार प्रसारलाई व्यापक बनाउने निर्णय गरेको छ ।