भगौडाहरू !

भगौडाहरू !

 

कस्को दैलो ढुक्या होलान् भगौडाहरू बिचरा !
होला भेट कुनै दिन भन्छन गोलो छ यो धरा !
नाम दाम कमाएर मस्त कुस्त लुकीलुकी !
हाड छाला बचाउलान् दैलो दुश्मनको ढुकी !

कि गर्लान अझ नि तिनले क्रान्तिकारी अभिनय ?
कि भन्लान अब भो पुग्यो लड्ने दिन पुरा भए !
छोप्लान कि घर दरवार माथिबाट त्रिपालले ?
जो जो जोडे हिजो अस्ति गुप्ती खाले कमालले ?

मुखमा क्रान्ति मन मनमा जो राख्छन लोभका घडा !
तिनै पाजीहरू भन्छन हामी राता निकै बडा !
जता मौका उतै चौका हान्नलाई सिपालु ती !
फाइदालाई सिध्दान्त मान्नलाई सिपालु ती !

ढोङ्गी ,पाखण्डी, गद्दार हाँडीघोप्टेहरू सुन !
हीरा हौं भनी सोच्दा हौ तर हौ धमिरा- घुन !