२०८१ मंसिर १३ गते भव्य रुपमा महाधिवेशनको उद्घाटन गर्ने निर्णय गर्र्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको बैठक सम्पन्न

२०८१ मंसिर १३ गते भव्य रुपमा महाधिवेशनको उद्घाटन गर्ने निर्णय गर्र्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको बैठक सम्पन्न

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महाधिवेशन आयोजक समितिको आकस्मिक बैठक२०८१ मंसिर १३ मा भव्य रुपमा महाधिवेशनको उद्घाटन गर्ने निर्णय गर्दै सम्पन्न भएको छ । पार्टीका केन्द्रीय संयोजक मोहन वैद्य किरणको अध्यक्षता तथा सञ्चालनमा सम्पन्न बैठकले २०८१ मंसिर १३को महाधिवेशनलाई लक्षित गर्दै आर्थिक व्यवस्थापन, प्रचार प्रसार लागतसँग सम्बन्धित विषयमा महत्वपूर्ण निर्णय गरेको पार्टी हेडक्वार्टरले जनाएको छ ।

बैठकमा ‘कञ्चन’ प्रवृत्तिको रुपमा देखापरेको दक्षिणपन्थी संशोधनवाद, अवसरवाद परस्त चिन्तनको व्यापक चिरफार भएको थियो । संयोजक किरणले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि आफ्ना कुरा राख्दै पार्टीका कार्यालय सदस्य, सचिवालय सदस्य र आयोजक समितिका सदस्यहरुले गैरमाक्र्सवादी चिन्तनधारा तथा संशोधनवादी र अवसरवादी धारा र प्रवृत्तिको कडा आलोचना र भण्डाफोर गरिएको थियो ।

बैठक चलिरहेको बेला पार्टीका विरुद्ध गुटबन्दीमा लागेका तीनजना सचिवालयका सदस्यलाई कारबाही गरिएको थियो । अवसरवादी, संशोधनवादी र प्रतिक्रियावादीहरुको चर्को घेराबन्दीहरुलाई पराजित गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा गर्दै वैज्ञानिक समाजवादी क्रान्तिको दिशामा दृढतापूर्वक अगाडि बढ्ने उद्घोष गरेको छ । आगामी महाधिवेशनबाट राजनीतिक कार्यदिशा, सामरिक कार्यदिशामा थप विकास गर्दै क्रान्तिको कार्यभार पूरा गर्न नयाँ ढंगले पार्टीलाई सुदृढ, एकतबद्ध र जुझारु रुपमा अगाडि बढाउने पनि संकल्प गरेको छ ।