नवलपरासी ः क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालले नवलपरासीमा पालिकास्तरको एकता अधिबेशन तथा एकता घोषणा कार्यक्रम तय गरेको छ । जिल्ला संगठन समिती अन्तरगत कमान्ड नम्बर एकको बर्दघाट नपाको बेलाहानीस्थित नेपालडाडामा मंगलबार सम्पन्न बैठकले कमान्ड मातहत रहेको बर्दघाट नगरपालिका प्रतापपुर र सुस्ता गाउँपालिकाको एकता अधिबेशन तथा पार्टी एकता घोषणा कार्यक्रम ठोस गरेको हो । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल नेकपा(मशाल) बीच यहि जेठ १८ गते जिल्लास्तरमा एकता सम्पन्न भएको थियो । जिल्लाको एकता लगतै सातै पालिकास्तरमा एकता घोषणाका कार्यक्रमहरु तिब्रताका साथ गरिने पार्टीले जनाएको छ । सो अवसरमा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज क्षेत्र बहादुर थापा , जिल्ला संयोजक रवि पान्डेय सहसंयोजकद्व्य गणेश बहादुर ढकाल र भिम छ्न्त्यालले राजनैतिक विषय प्रशिक्षण मन्तव्य राख्नुभएको थियो । कमान्ड बैठकमा पालिका कमिटीका इन्चार्ज,संयोजक र सह संयोजक कमरेडहरु सहभागी हुनुहुन्थ्यो ।