महान् सहिद प्रतिभा गिरी

महान् सहिद प्रतिभा गिरी

शनिबारीय साहित्य ः सहिदगाथा
*** ***

देशले परिवर्तन खोजेको थियो । पुरानो व्यवस्थाबाट जनता वाक्क दिक्क भएका थिए । कर्कलाको पातमा पानी जमे जस्ता भएका थिए । विद्रोहको वातावरण झन् पछि झन् परिपक्व बन्दै गइरहेको थियो । यसै सिलसिलामा नेपाल कम्युनिस्ट पार्टी माओवादीले वि.सं. २०५२ फागुन १ गते नेपाली धर्तीमा दीर्घकालीन जनयुद्ध सुरु ग¥यो । जसको उद्देश्य नेपाली जनतालाई सबै प्रकारको शोषणबाट मुक्त गरी देशमा जनगणतन्त्र स्थापना गरेर देशलाई समुन्नत बनाउनु थियो । २०५८ सालसम्म आइपुग्दा देशको अधिकांश भूभाग माओवादीको कब्जामा आइसकेको थियो । माओवादी पार्टीको आफ्नै जनसरकार, जनसेना, जनमिलिसियाहरू, निर्माण गरेर आफ्ना योजनाहरू अगाडि बढाइरहेको थियो ।

पुरानो सत्ता निस्प्रभावी बन्दै गएको थियो । देश विद्रोहको ज्वालाले दन्दनी बलिरहेको थियो । नेपाली जनताले जनयुद्धमा परिवर्तनको सपना देखेकै थिए । अधिकांश नेपाली जनता माओवादी पार्टीमा कुनै न कुनै रूपमा संलग्न भएका थिए । माओवादी पार्टीको यी सबै गतिविधि र लोकप्रियताबाट अतालिएर शेरबहादुर देउवाको सरकारले देशमा संकटकाल लगाउने, माओवादी नेता कार्यकर्तालाई आतङ्ककारी घोषणा गर्दै माओवादी नेताहरूको टाउकोको मूल्य तोक्ने जस्तो जनविरोधी काम ग¥यो । माओवादीलाई जहाँ भेट्यो त्यहीँ गोली हान्ने मार्ने गर्न थाल्यो । माओवादीलाई मात्र होइन फरक विचार राख्ने सर्वसाधारण जनतालाई पनि कत्लेआम गर्न थाल्यो । नेपाली जनता जो मारिए पनि माओवादीको बिल्ला लगाएपछि तत्कालीन शाही नेपाली सेनाको फुली बढ्ने गथ्र्यो ।

यस्तो जनविरोधी कार्यले पुरानो सत्ताप्रति जनताको घृणा पैदा भयो । विद्रोहमा आगोमा घिउ थपेजस्तो भयो । माओवादी आन्दोलन एक राजनीतिक आन्दोलन थियो, जसलाई राजनीतिक तवरबाट हल गर्नको साटो बन्दुकको बलबाट हल गर्न खोज्दा तत्कालीन शासकलाई झन् प्रतित्पादक बन्न गयो । यसरी २०५२ सालबाट सुरु भएको माओवादी आन्दोलनमा थुप्रै नेपाली आमाका छोराछोरीहरूले बलिदान दिन बाध्य भए । प्रतिक्रियावादी शासकहरूको विवेक विचार शून्य भएपछि जनताले दुःख पाउने र अनाहकमा राज्यको तर्फबाट मारिनुपर्ने रहेछ । यसै सिलसिलामा १० वर्षे जनयुद्धको क्रममा १४ वर्षकी भिमोदय उच्च माध्यमिक विद्यालयमा अध्ययनरत् प्रतिभा गिरीलाई २०६१ साल फागुन ९ गते साँझ ७ बजे आफ्नै घरमा बसिराखेको अवस्थामा तत्कालीन शाही नेपाली सेनाले गोलिहानी मार्ने काम ग¥यो ।

यसरी सहिद प्रतिभा गिरीको रगत चितवन जिल्ला कालिका नगरपालिका पदम्पपुर वडा नम्बर ५ मा छताछुल्ल भयो । प्रतिभा गिरी अमर बनिन् । महान् सहिद प्रतिभा गिरीलाई हार्दिक श्रद्धाञ्जली । लाल सलाम । साथै यी रत्नलाई जन्म दिने बाबाआमालाई उच्च सम्मान प्रकट गर्दछौं ।

प्रतिभा गिरीको जन्म बाबा घनश्याम गिरी र आमा मायादेवी गिरीको कोखबाट दोस्रो सन्तानका रूपमा वि.सं. २०४७ साल माघ २ गते साविक पदमपुर गाउँ विकास समिति वडा नम्बर ६ राप्तीपारी भएको हो । उहाँको अर्को आमा सरस्वती गिरी पनि हुनुहुन्छ । उहाँका एक दिदी सरिता गिरी, एक भाइ शिशिर गिरी हुनुहुन्छ ।

उहाँ हाल कालिका नगरपालिकामा रहेको भिमोदय उच्च माविमा कक्षा ७ मा पढ्दै हुनुहुन्थ्यो । उहाँको पढाई मध्यम स्तरको रहेको थियो । उहाँको शरीर अलि मोटो र स्वभाव चञ्चले खालको थियो । हामी बाबाआमाले भनेको कुरा नकाट्ने आज्ञाकारी थिइन् भनेर बाबा घनश्याम गिरी भन्नुहुन्छ ।

बुबा घनश्याम गिरीका अनुसार उनी (घनश्याम) तत्कालीन समयमा राष्ट्रिय प्रजातन्त्र पार्टीको गाउँ विकास समिति अध्यक्ष थिए । हाल प्रदेश प्रतिनिधिको रूपमा काम गरिरहेका छन् । उनको परिवार गृहस्थ गरेर एक मानु हाँसीखुसी खान लाउन पुग्ने मध्यम स्तरको परिवार हो । २०६१ साल फागुन ९ गते साँझ ७ बजे गिरीका सबै परिवारहरू घरमा बसिरहेका थिए । छोराछोरीहरूले बाहिर आँगनमा मासु पकाइरहेका थिए । मासु भात खान पाइने भनेर सबै छोराछोरीहरू रमाइरहेको अवस्था थियो । त्यो रमाईलो र जमघट क्षणभरमै ठूलो पीडा, रोदन र क्षतिमा बदलियो ।

लगभग १५÷२० जना हतियारधारी सेना आएर पूरै घर घेरा हाले । उनीहरू घनश्यामलाई मार्न वा गिरफ्तार गर्न आएको सजिलै अनुमान गर्न सकिन्थ्यो । यसरी सशस्त्र धारी सेना आएर एकैपटक घर घेरा हाल्दा घरका सम्पूर्ण परिवारहरू आतंकित भए । घरको रमाइलो वातावरण पीडा, रोदन र क्षतिमा बदलियो । घरमा सन्नाटा छायो । ठूली छोरी सरिता गिरी मामाघर गएकी थिइन् । सानी छोरी प्रतिभा गिरी अब यी सेनाले कसलाई के गर्ने हुन् भन्ने डरले ज्यान बचाउनको लागि अगाडि छिमेकीको घरमा दगुडेर जाँदै थिइन् ।

तत्कालीन शाही सेनाका जल्लादहरूले अबोध १४ वर्षकी बालिकालाई आतङ्ककारी देखेर गोली हानेर मारे । जुन छोरी माओवादी आन्दोलनसँग सम्बन्धित थिइनन् । छोरीलाई मारिएन मात्र घनश्यामलाई लछार पछार पार्दै सेनाको भ्यानमा राखेर ब्यारेक लगियो । एकातिर छोरीको लास अर्कोतिर उनलाई गिरफ्तार गरेर लगियो र घरलाई तहस नहस बनाइयो ।

रातभरिको मानसिक र शारीरिक यातना यतिचरम रुपमा दिइयो कि त्यसको बयान गरी साध्य छैन । उनी माओवादी हुने कुरा त परै जाओस् माओवादीहरूसँग जीवनमा एक वचन नबोलेका मान्छेलाई यो हालतमा पु¥याईयो । २०६१ फागुन १० गते बिहान ८ बजे उनलाई छाडियो । त्यसै दिन दिउँसो यो त अति नै अन्याय भयो, यस प्रकारको घटना कसरी टुलुटुलु हेर्न सकिन्छ भनेर हजारौं हजारको सङ्ख्यामा गाउँलेहरूले सिडियो कार्यालय घेराउ गर्ने काम भयो । यो अत्यन्त अन्यायपूर्ण काम राज्यले ग¥यो भनेर सारा जनता विरोधमा उत्रिए । जनताको विरोधलाई थेग्न नसकेर तत्कालीन सिडियोले जिल्ला प्रहरी कार्यालयमा कमल आचार्य, नारायण वन, विष्णु अधिकारी र रामचन्द्र प्रसाद चौधरी लगायतको रोहबरमा वार्ता भयो ।

तत्कालीन सेनाले गल्ती भयो भनेर माफी माग्यो । छोरीलाई सहिद घोषणा गर्न र राहतको व्यवस्था गर्ने गरी सहमति भयो । त्यसपछि छोरीको लास बुझेर नारायणी नदीमा दाह संस्कार गरियो । माओवादी पार्टीको असम्बन्धित व्यक्ति राप्रपाको कार्यकर्तालाई यसरी सेनाले तारो बनाउनुको कारण साविक पदमपुर गाविसको एकजना जनप्रतिनिधिले गाविसको रकम हिनामिना गरेका र उक्त भ्रष्टाचारलाई कसै कसैले सम्झौतामा मिलाउन खोजेको बेला उक्त कदमलाई ठाडै अस्वीकार गर्दै भण्डाफोर गरेको हुनाले तारो बनाइएको रहेछ । उनलाई कसुर अनुसारको सजाय गर्नको लागि अगाडि बढेकोले रिसिइविले उसले त्यो माओवादी हो भनेर सुराकी गरेछ र सेनाहरू उनलाई मार्न आएका रहेछन् । तर त्यहाँ छोरीलाई मारेर उनलाई गिरफ्तार गरेर लगे । कति विवेकहीन रहेछ तत्कालीन प्रतिक्रियावादी सरकार भन्ने कुरा यस घटनाबाट प्रष्ट हुन्छ ।

१४ वर्षकी नाबालिक छोरी माओवादी पार्टी आन्दोलनसँग कुनै सरोकार नराख्ने बाबा घनश्याम गिरीलाई कुनै जाँचबुझ अनुसन्धान नगरी कसैको गलत सूचनाको आधारमा नागरिकको प्राण पखेरु उडाउने काम कति दर्दनाक थियो भन्ने कुरा घटना हेरेर आँकलन गर्न सकिन्छ ।

यसरी १० वर्ष माओवादी जनयुद्धमा थुप्रै नेपाली आमाका छोराछोरीहरूले बलिदान गरेका छन् । जनयुद्धले देशमा गणतन्त्र हुँदै वैज्ञानिक समाजवाद स्थापना गरेर नेपाली जनतालाई मुक्त बनाउने लक्ष्य उद्देश्य पूरा भएको छैन । जनयुद्धलाई लोकतान्त्रिक गणतन्त्रमा विसर्जन गरिएको छ । कोही पुरानो संसदीय व्यवस्थालाई निरन्तरता दिइएको छ । थुप्रै प्रतिभा गिरी जस्ता सहिदहरूको बलिदानबाट संसदीय पार्टीमा नेताहरू सत्तामा पुगेका छन् ।

आज सहिदलाई यो गणतन्त्रले कहिँ सम्बोधन गरेको छैन । छ त सहितको उपहास गरेको छ । सहिद परिवारको अवस्था कहाँ कस्तो छ भनेर जानकारीसम्म लिएको छैन । छ त आफ्ना भाइभारदार नाता कुटुम्बलाई सत्तामा पु¥याएर देश लुट्नु यिनीहरूको दिनचर्या रहेको छ ।

खबरदार ! शेरबहादुर, केपी ओली र प्रचण्ड सरकार । सहिदको रगतले एक दिन तिम्रो सत्तालाई मसान घाटमा अवश्य पु¥याउनेछ । जसरी परिवर्तनको लागि महाअभियानमा लागेका नेपाली आमाका छोराछोरीलाई कत्लेआम ग¥यौ तिनै छोराछोरीको रगतले तिम्रो लुटको स्वर्ग पनि एकदिन धोस्त हुनेछ । बेलैमा ख्याल गर ।