काठमाडौँ । प्राध्यापक संघ संगठनहरूले त्रिभुवन विश्वविद्यालयका उपकूलपति प्रा.डा. केशरजंग बराललाई १५ बुँदे मागसहितको ज्ञापन पत्र बुझाएका छन् ।
उपकूलपतिको नियुक्ति पछि त्रिभुवन विश्वविद्यालयमा गरिएका नयाँ नियुक्ति सरुवामा मनोमानी गरेको संघ संगठनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उपकुलपतिको व्यवहारले विश्वविद्यालयको साख गिरिरहेको भन्दै विज्ञप्तिमा तत्काल माग सम्बोधन गर्न आग्रह गरिएको छ ।