विनाकारण अखिल (क्रान्तिकारी)का संयोजक मिलन राईलाई गिरफ्तार गरिएको भन्दै सर्वत्र विरोध

विनाकारण अखिल (क्रान्तिकारी)का संयोजक मिलन राईलाई गिरफ्तार गरिएको भन्दै सर्वत्र विरोध

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का संयोजक मिलन राईलाई गिरफ्तार गरिएको भन्दै सर्वत्र विरोध भइरहेको छ । गिरफ्तार संयोजक मिलन राईलाई तत्काल रिहाइ गर्न माग गरिएको छ ।
संयोजक राईलाई सोमबार बेलुका करिब ९ बजे बालाजु रानीवन स्थित उनकै डेराबाट विना कारण प्रहरीले गिरफ्तार गरी बालाजु प्रहरी वृतमा राखिएको अखिल (क्रान्तिकारी)का इन्चार्ज हरिकृष्ण गजुरेलले जानकारी दिनुभयो ।

यसैबिच, आज अखिल (क्रान्तिकारी)ले विशेष कार्यक्रमको आयोजना गरी ६० औं विद्यार्थी दिवस मनाउँदै छ । दिनको १२ बजे शान्तिबाटिकामा जम्मा भई विरोध ¥याली जुलुससहित कमलादी स्थित प्रज्ञा भवनको सिद्धिचरण कक्षमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रमलाई क्रान्तिकारी कम्युनिस्ट पार्टीका सहसंयोजक धर्मेन्द्र बास्तोला लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।