विद्यार्थी संयोजक मिलन राई गिरफ्तारीको क्रान्तिकारी कम्युनिस्ट पार्टीले ग¥यो घोर भत्र्सना, अविलम्ब रिहाइ गर्न जोडदार माग

विद्यार्थी संयोजक मिलन राई गिरफ्तारीको क्रान्तिकारी कम्युनिस्ट पार्टीले ग¥यो घोर भत्र्सना, अविलम्ब रिहाइ गर्न जोडदार माग

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका संयोजक किरणले एक प्रेस वक्तव्य जारी गरी युवा विद्यार्थी नेता तथा अखिल क्रान्तिकारीका संयोजक मिलन राईलाई हिजो राति ८ः४५ बजे रानीबन स्थित आफ्नै पसलबाट बिना कारण गिरफ्तार गरी बालाजु प्रहरी चौकीमा राखेको घटनाको घोर निन्दा एवम् तीव्र भत्र्सना गर्नुभएको छ ।

वक्तव्यमा बिना कारण र बिना पुर्जी गिरफ्तार गरी प्रहरी हिरासतमा राख्नु सरकारको फासीवादीकरणको अभिव्यक्ति र लोकतन्त्रको गम्भीर उपहास हो भनिएको छ । वक्तव्यमा भनिएको छ, “हाम्रो पार्टी नेपाल सरकारको यस प्रकारको फासीवादी कदमको घोर निन्दा र तीव्र भत्र्सना गर्दै उहाँलाई बिना सर्त र अविलम्ब रिहाइका लागि सरकारसँग जोडदार माग गर्दछ ।”

thumbnail of Milan Statement