शनिबारीय साहित्य : कविता
*** ***
उसका हातमा
बन्दुक थियोे
आतङ्कित थिएन
शासकबाट
कविता जस्तै
गीतसङ्गीत जस्तै
उसका बोली थिए
गति प्रवाह
निर्मल स्वच्छ थियोे
गाउँ बस्तीमा
उसका पदचाप
कर्णप्रिय मधुर थिए
मानूुँ
ऊ एक युगको
काव्य र काव्य शिल्पी थियोे
फेरबदल
यसरी भयो
मृत कि जीवित
शब्द हत्यारा
वा
शव्दशिल्पी
तस्बिर विद्रूप भयो