‘नेपाल जनप्रगतिशील मोर्चा कुवेत’ क्रान्तिकारी कम्युनिस्ट पार्टीमा आबद्ध

‘नेपाल जनप्रगतिशील मोर्चा कुवेत’ क्रान्तिकारी कम्युनिस्ट पार्टीमा आबद्ध

काठमाडौं । नेपाल जनप्रगतिशील मोर्चा कुवेत क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालमा आवद्ध भएको छ । सो मोर्चाले आइतबार (आज) एक प्रेस वक्तव्य जारी गरी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा आबद्ध भएको सगौरव घोषणा गरेको छ । मोर्चाका अध्यक्ष विकल्प र महासचिव सुरेश कालिकोटेले एक प्रेस वक्तव्य जारी गरी यस्तो घोषणा गरेका हुन् ।

वक्तव्यमा भनिएको छ, “अहिले नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा बहुमतबिच पार्टी एकता प्रक्रियामा गएपछि नेतृत्वको सल्लाह अनुसार नै कमरेड मोहन वैद्य रिणको नेतृत्वमा रहेको क्रान्तिकारी कम्युनिस्ट पार्टीलाई नेपाली जन प्रगतिशील मोर्चा कुवेत आज फेरि उहाँकै नेतृत्वमा समावेश भएर काम गर्न पाउँदा आफूलाई गौरान्वित ठान्दछ । आजैका मितिदेखि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाललाई समर्थन गर्दै उक्त पार्टीमा आबद्ध भएको व्यहोरा यसै प्रेस विज्ञप्ति मार्फत् सबैको जानकारीका निम्ति र्साजनिक गरिएको छ ।”

यस्तो वक्तव्यको पूर्णपाठ ः

“सन् २००७ मा कमरेड मोहन वैद्य किरणले नेतृत्व गर्नुभएको नेकपा–माओवादीको भातृ संगठनको रुपमा स्थापना भएको नेपाली जनप्रगतिशील मोर्चा कुवेतले पार्टीहरु विभाजन हुँदैजाने क्रममा विभिन्न कालखण्डमा विभाजन हुँदैजाने एक पार्टीलाई समर्थन जनाउँदै आएको सबैलाई जानकारी नै छ । केही समय कुवेत मोर्चाले नेकपालाई समर्थन ग¥यो केही समयमा नेकपा बहुमतलाई समर्थन ग¥यो । अहिले नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा बहुमतबिच पार्टी एकता प्रक्रियामा गएपछि नेतृत्वको सल्लाह अनुसार नै कमरेड मोहन वैद्य रिणको नेतृत्वमा रहेको क्रान्तिकारी कम्युनिस्ट पार्टीलाई नेपाली जन प्रगतिशील मोर्चा कुवेत आज फेरि उहाँकै नेतृत्वमा समावेश भएर काम गर्न पाउँदा आफूलाई गौरान्वित ठान्दछ । आजैका मितिदेखि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाललाई समर्थन गर्दै उक्त पार्टीमा आबद्ध भएको व्यहोरा यसै प्रेस विज्ञप्ति मार्फत् सबैको जानकारीका निम्ति र्साजनिक गरिएको छ । क्रान्तिकारी अभिवादन सहित ।
अध्यक्ष– क. विकल्प, महासचिव क. सुरेश कालिकोटे
नेपाल जनप्रगतिशील मोर्चा कुवेत