कैलालीमा क्रान्तिकारी महिला संगठन नेपालले भव्य रुपमा मनायो ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस (फोटोफिचर)

कैलालीमा क्रान्तिकारी महिला संगठन नेपालले भव्य रुपमा मनायो ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस (फोटोफिचर)

काठमाडौं । कैलाली क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट क्रान्तिकारी महिला संगठन नेपालले ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस भव्य रुपमा मनाएको छ । संगठनको ७ नं. समितिको आयोजनामा शुक्रबार गोदावरीको अत्तरियामा नारा जुलुस प्रदर्शन सहित विशेष कार्यक्रमको आयोजना गरी ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस भव्य रुपमा सम्पन्न गरेको हो ।


क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सचिवालय सदस्य ७ नं.प्रदेश संयोजक महानको विशेष आतिथ्यता र संगठनको पूर्व केन्द्रीय उपाध्यक्ष पार्वती सिंहको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता संगठनकी केन्द्रीय सदस्य मिनाले गर्नुभएको थियो भने स्वागत मन्तव्य संगठनकी प्रदेश सदस्य हरूवाले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन संगठनकी महिला नेतृ जानकीले गर्नु भएको थियो ।


कार्यक्रममा अतिथि प्रदेश कार्यालय सचिव संघर्ष, जिल्ला संयोजक प्रकाश, समुन्द्र, केशव, टंक, प्रदेश सदस्यहरू शंकर, लोकेन्द्र, जीवन, लगायतको उपस्थित रहेको थियो ।


कार्यक्रममा पार्टीको ७ नं. प्रदेश संयोजक महान, प्रदेश कार्यालय सचिव संघर्ष महिला नेतृ पार्वती तथा कैलाली जिल्ला संयोजक प्रकाश रावलले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको महत्वको विषयमा प्रकाश पार्नुका साथै शुभकामना मन्तव्य राख्नु भएको थियो ।।