काठमाण्डौं/फागुन, २१
सहिद सप्ताहको अन्तिम दिन काठमाडौंका केही कवि लेखकहडरूले सिर्जना र संवाद कार्यक्रममा भाग लिए । कला साहित्यलाई नयाँ पुस्तामा क्रियाशील बनाउने उद्देशले सो कार्यक्रमको थालनी गरिएको आयोजकहरूले बताएका छन् । प्रत्येक महिनाको तेस्रो शनिबार सो कार्यक्रम गरिने कार्यक्रम संयोजक गौरी देवकोटाले बताएकी छन् ।
पहिलो शृङ्खलाको रूपमा शुरु गरिएको सो कार्यक्रममा कविहरूले आ–आफ्ना कविताका स्वरहरू सुनाए । कार्यक्रममा आस्था घिमिरे, संगिता पनेरु, सार्थक बिद्रोही, मिसम अधिकारी, सिर्जना सरोवर, शितल शितल, इन्दिरा अधिकारी, बिष्णु न्यौपाने, सौगात बुढाथोकी लगायतका कविहरू थिए ।
कार्यक्रममा छायादत्त नेउपाने र मोदनाथ मरहट्टाले कविताबारे आ–आफ्नो धारणा राखेका थिए । वाचित कवितामाथि इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष मित्रलाल पंज्ञानीले समीक्षा गरेका थिए । कार्यक्रम संयोजक गौरी देवकोटाको अध्यक्षता र कवि सुनिता बुढाथोकीको सञ्चालनमा भएको थियो ।
कार्यक्रम इच्छुक सांस्कृतिक प्रतिष्ठानको चन्द्रागिरी कक्षमा सञ्चालन गरिएको थियो । संवाद र सिर्जनाको थालनीले नयाँ पुस्ताका कवि लेखकहरूलाई सुन्ने र सुनाउने मौका दिन खोजिएकोमा कविहरूले खुशी ब्यक्त गरेका छन् ।