काठमाडौं । फागुन १८, २०८० मा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले ‘कृष्णदास श्रेष्ठ स्मृतिग्रन्थ’ विमोचन ग¥यो । सो पार्टीले पार्टीका बरिष्ठ नेता सीपी गजुरेल संयोजक र पवनमान श्रेष्ठ, प्रा.डा.जगदिश चन्द्र, इन्द्र राउत र संजीवदास श्रेष्ठ सदस्य रहेको पाँच सदस्सीय ‘कृष्णदास श्रेष्ठ स्मृतिग्रन्थ प्रकाशन समिति बनाएको थियो । सो प्रकाशन समितिले तयार पारेको स्मृतिग्रन्थको विमोचनको क्रममा वक्ताहरुले यो स्मृतिग्रन्थ सामान्य स्मृतिग्रन्थ मात्रै नभएर निकै महत्वपूर्ण वैचारिक सामग्रीहरुको सँगालो भएको चर्चा गर्नुभयो ।
मोहन वैद्य किरणको प्रमुख आतिथ्यता, सीपी गजुरेल गौरवको अध्यक्षता र प्रा.डा. जगदिश चन्द्रको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि किरण, गौरव, धर्मेन्द्र बास्तोला, एनके प्रसाई, हिरण्यलाल श्रेष्ठ, लोककृष्ण भट्टराई, सीताराम तामाङ, दिनेश शर्मा सागर र पवनमान श्रेष्ठले यो स्मृतिग्रन्थ कृष्णदास श्रेष्ठको व्यक्तित्व र कृतित्वको आँखीझ्याल भएको चर्चा गर्नुभयो । र, कम्युनिस्ट आन्दोलनमा लागेका हरेक व्यक्तिका निम्ति पठनीय र एकपटक पढ्नै पर्ने सामग्रीहरु रहेको बताउनु भयो ।
३८८ पृष्ठको ‘कृष्णदास श्रेष्ठ स्मृतिग्रन्थ’को साधारण मूल्य ५०० राखिएको छ । यसमा मोहन वैद्य किरण, सीपी गजुरेल गौरव, झलनाथ खनाल, धर्मेन्द्र बास्तोला कञ्चन, रामसिंह श्रीस राजवीर, सीताराम तामाङ, दिनेश शर्मा सागर, पवनमान श्रेष्ठ प्रभाकिरण, एन के प्रसाई, हिरण्यलाल श्रेष्ठ, निनु चापागाई, प्रा.डा. जगदीश चन्द्र, हुकुमबहादुर सिंह, हिरामणि दुःखी, इन्द्र राउत, लोकनारायण सुवेदी, लोककृष्ण भट्टराई, प्रा.डा. सुरेन्द्र केसी, महालक्ष्मी श्रेष्ठ, संजीव श्रेष्ठ, गजेन्द्र भुजु, रामचन्द्र फुयाल, सुरेश कर्माचार्यको संस्करणात्मक तथा कृति समीक्षात्मक लेखहरु रहेका छन् ।
यस स्मृतिग्रन्थको परिशिष्ट खण्ड अन्तर्गत खण्ड– ‘क’ मा कृष्णदास श्रेष्ठको लेखन र इन्द्र राउतले सम्पादन गरेको सामग्री ‘मेरो जीवनको सेरोफेरो’, खण्ड– ‘ख’ मा मोहन वैद्य किरणले लेख्नुभएको ‘क.कृष्णदास श्रेष्ठ ः व्यक्तित्व र कृतित्व’, खण्ड– ‘ग’ मा कृष्णदास श्रेष्ठले अनुवाद गर्नुभएको तर प्रकाशन नभएको सामग्री ‘चाउ एन लाइका रचनाहरु’ सामग्री समेटिएको छ । परिशिष्ट खण्डको खण्ड ‘घ’ मा सम्बन्धित केही ऐतिहासिक तस्बीरहरु राखिएको छ ।