१९ फागुन भक्तपुर ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी महिला संगठन नेपालको भक्तपुर जिल्ला संगठन समितिको प्रथम जिल्ला भेला पार्टी केन्द्रीय कार्यलय सदस्य तथा ३ नम्बर प्रदेश संगठन समितीको संयोजक अटलको प्रमुख आतिथ्यता र क्रान्तिकारी महिला संगठनको केन्द्रीय सहसंयोजक शारदा महतको विशेष उपस्थितिमा सफलतापूर्वक सम्पन्न भयो ।
जिल्ला भेलाका अन्य अतिथिहरुमा जिल्ला संयोजक बिश्वास लगाएत एकता महाधिवेशन आयोजक समिती सदस्य सि बि लामा, ३ नम्बर प्रदेश संगठन समिती सदस्य झनक श्रेष्ठ र क्रान्तिकारी महिला संगठन नेपालको ३ नम्बर प्रदेश सहसंयोजक दुर्गा देबि सुवेदी हुनुहुन्थ्यो ।
प्रदेश संगठन समिती सदस्य गोमा आचार्यको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रमको सन्चालन ललिता मिश्रले गर्नु भएको थियो । उक्त भेलाव्दारा गोमा आचार्यको अध्यक्षतामा १७ सदस्यीय जिल्ला संगठन समिती गठन गरिएको छ ।
न्याय प्राप्तिको लागी संघर्ष र संघर्षको लागी संगठन बनाउने र संघर्ष गर्ने कुरा राख्दै एकुमाया कुवरले स्वागत मन्तव्य राख्नु भएको थियो ।
शुभकामना मन्तव्य राख्ने क्रममा अतिथी वक्ताहरु दुर्गा देबि सुवेदीले शुभकामना दिदै महिला अधिकार र संगठनको जिम्मेवारीको बारे धारणा राख्नु भयो । त्यसै गरि अतिथी वक्ता सि बि लामाले कार्यक्रमलाई शुभकामना दिदै राज्य व्यवस्था दोषि भएको कारण सुकुम्बासीको समस्या आएको, महिलाहरुले अनेक थरिको दुख कष्ट झेल्नुपरेको हो । यो सबै कुराको मुख्य कारक भनेको यो दलाल पुँजीवादी संसदीय व्यवस्था हो । यसको अन्त्यको निम्ति एकतावद्ध भएर संघर्ष गर्नु पर्ने कुरा उठाउनु भयो भने जिल्ला संयोजक बिश्वासले जनयुद्धको नेतृत्व गरेर आमुल परिवर्तन गर्छु भन्नेहरु जनतालाइ ढाट्दै आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्ने र चरम अवसरवादको सिकार हुँदै यहि संसदीय दलाल नोकरशाही पुँजीवादी व्यवस्थाको नाइके बने र जनताका मुद्दाहरु ज्युको त्यु छोडिदिए ।
अब यो अबस्थामा हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले एकढिक्का भएर सुकुम्बासी, महिला, दलित, उत्पीडित जाती, क्षेत्र लिङ्गको मुक्तिको लागी, यो व्यवस्थाको अन्त्य गर्ने र नयाँ जनवाद सहितको बैज्ञानिक समाजवादी व्यवस्था ल्याउन संघर्ष गरिरहेको छ भन्दै देश र जनताको उज्ज्वल भविस्य निर्माणको लागी संघर्षको क्षेत्रमा सडक बाघ भएर अघि बढेको कुरा राख्नु भयो ।
त्यसै गरि महिला नेत्री सरुले महिलामुक्तीको लागी महिलाको मात्र कुरा गरेर हुदैन त्यसको मुल कारक भनेको यो दलाल पँुजीवादी संसदीय व्यवस्था भएको बताउनु भयो । समाजको अमानवीय क्रूर सति प्रथा भोगेर आएका महिलाहरु ऐतिहसिक माओवादी महानजनयुद्धमा महिलाहरुको सहभागीता ४० प्रतिशत भन्दा वढी थियो । अफु बलात्कृत भएर हरेक यातना सहेर वा भनौ जस्तो सुकै कठिनाइको समना गर्नु परेपनी पार्टीको लक्ष्य उद्देश्य र गोपनियता बचाएर क्रान्ति र मुक्तीको बाटोमा अविचलित अघि बढेका महिलाहरु आज केही स्वार्थ र कसैको सौन्दर्यको बस्तु वा मनोरञ्जनको साधन भएर प्रस्तुत भइरहेको देख्दा बढो दुख लागेको बताउनु भयो । त्यो बिरासतलाइ आत्मासाथ गर्दै मुक्तिकोलागी हाम्रो संगठन क्रान्तिकारी महिला संगठन नेपालमा संगठित भएर क्रान्तिकारी बाटोमा लाम्वद्ध हुनुपर्ने धारणा व्यक्त गर्नु भयो ।
त्यसै गरि कार्यक्रमका प्रमुख अतिथी अटलले समाज बिकासको चरणमा मात्रीसत्ता युगमा महिलाको भूमिकाको चर्चा गर्दै अहिलेको दलाल नोकरशाही संसदीय पुँजीवादी व्यवस्थामा महिलालाई किनवेच गर्ने मनोरञ्जनको बस्तु वा साधन जस्तो बनाएको छ । यो दलाल पुँजीवादी व्यवस्थाको चरित्र यस्तै हुन्छ । राज्य व्यवस्था सहि नहुदासम्म यो महिलापुरुष वा अन्य जुनकुनै क्षेत्र समाजको आर्थिक सामाजिक राजनैतिक संस्कृतिक बर्ग लिङ्ग सबै क्षेत्रमा यस्को नकारात्मक प्रभाव पर्छ । त्यसो हुनाले सबै किसिमको शोषण उत्पीडनको अन्त्यको निम्ति यो व्यवस्थाको अन्त्य र हाम्रो पार्टीले भनेको नयाँ जनवादी क्रान्तिको खुड्किला पारगर्दै बैज्ञानिक समाजवाद स्थापना गर्दा मात्रै सबै किसिमको मुक्ती हुने र त्यसको लागी पार्टी आन्दोलन र क्रान्तिमा लाग्न सबैलाइ आह्वान गर्दै माहान लक्ष्य उद्देश्य साम्यवादमा पुग्ने पार्टीको लाइन दृस्ठिकोण राख्दै शुभकामना दिनु भयो । अन्त्यमा कार्यक्रमका अध्यक्ष गोमा आचार्यले महिला मुक्तिको आन्दोलनमा महिला संगठनले खेल्ने भुमिकाको विषयमा प्रकाश पार्दै संगठनले दिएको जिम्मेवारी दृढता साथ कार्यन्वयन गर्ने प्रतिवद्द्ता व्यक्त गर्दै सबै महिला दिदिबहिनीहरुलाइ एकतावद्धभइ क्रान्तिमा लाग्न अह्वान गर्दै कार्यक्रममा उपस्थिति प्रमुख अतिथी अतिथी लगाएत सबैलाइ धन्यवाद दिदै कार्यक्रम समापन गर्नु भयो ।






























