काठमाडौं । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको आंगिक संगठन अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर संघको एकता अधिवेशन सम्पन्न भएको छ। सोहि संगठनका संयोजक दिपेन्द्र घिमिरेको अध्यक्षता एवम् संचालनमा भएको एकता अधिवेशनले १७ सदस्यीय आयोजक कमिटि निर्माण गरेको छ।
एकता अधिवेशनले संयोजक दिपेन्द्र घिमिरे, सह–संयोजकद्वय पुर्ण लामा र निमा लामालाई चयन गर्दै सदस्यहरुमा सुदिप गिरी ईन्द्रराज पुरी वेद वहादुर रसाईली, ठगिराज लम्साल, दिपक कुवंर र सुभाष खतिवडा लगायतलाई चयन गरेको छ ।
महासंघका सह–संयोजक विनोद थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त एकता अधिवेशनमा महासंघका सचिवालय सदस्य तथा ३नं प्रदेशका सह संयोजक सरोज न्यौपाने र वैदेशिक मजदुर संघका केन्द्रीय सदस्यहरु हरि रामदाम र खेमराज हुनुहुन्थ्यो। कार्यक्रममा अथितिले शुभकामना मनतव्य राख्नु राख्नु भएको थियो।
अधिवेशनलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथि थापाले मजदुरहरुको हक हितको रक्षा क्रान्तिकारी मजुदुर संगठनले गर्नुपर्ने औल्याउदै संगठित मजदुरहरुले आफ्नो ताकत संगठनबाट पैदा गर्नुपर्ने बेला आएको बताउनु भयो। निर्णायक आन्दोलनले मात्र श्रमिक हक अधिकार सुनिश्चित हुने कुरा बताउनु हुँदै यातायात मजदुररुले भोगेका समस्याहरुको उचित हल गर्न संगठित विद्रोह, आन्दोलन मात्र संम्भव हुने भएकोले संसदवादलाई अंगालेका मजदुर संगठन त्यागी क्रान्तिकारी संगठनमा आवाद्द हुन अपिल गर्नुभयो।
उहाँले अबको जनवादी÷वैज्ञानिक समाजवादी सत्ताको जन्म गर्ने सुडिनीको भुमिका मजदुर संगठनले खेल्नु पर्ने र महासंघको चारहिने कारखाना जाऔं अभियानले गति लिएको बताउनु भयो ।
यसै क्रममा कार्यक्रममा अथिति सरोज न्यौपानेले श्रम कानुन बनाउने र लागू नगर्ने सरकारी निकाय नयाँ कानुन बनाउन संघर्षरत मजदुर संगठनबिच भिषण संघर्ष भईरहेकोले क्रान्तिबट मात्र कानुन बदल्न सकिने कुरामा जोड दिनु भयो ।
कार्यक्रममा निर्वाचित संयोजकले आफ्नो प्रतिबद्धता सहित संगठनको अवधाराण राख्नु हुँदै अधिवेशन सम्पन्न गर्नु भएको थियो।