कारखाना जाऔं अभियान : वैदेशिक मजदुर संघको अधिवेशन सम्पन्न

कारखाना जाऔं अभियान : वैदेशिक मजदुर संघको अधिवेशन सम्पन्न

१९ फागुन २०८० कागेश्वरी मनोहरा-३, काठमाडौ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ सम्बद्ध क्रान्तिकारी वैदेशिक रोजगार मजदुर संघको एकता अधिवेशन सम्पन्न भएको छ । कागेश्वरी मनोहरा -३, काठमाडौमा सम्पन्न अधिवेशनले युवराज थापा संयोजक र रोशन कार्की सह-संयोजक रहेको २१ सदस्यीय केन्द्रीय समिति निर्माण गरेको छ ।

उक्त अधिवेशनमा महासंघका केन्द्रीय संयोजक दिनेश शर्मा, सह-संयोजक बसन्त बोगटी, ३ नम्बर प्रदेश संयोजक कुमार घताने, निर्माण मजदुर संघका संयोजक बालकृष्ण सिटौला, होटल तथा रेस्टुराँ मजदुर संघका संयोजक अर्जुन बोगटी, इटाभट्ट मजदुर संघका संयोजक सुजाता रोका, गलैंचा मजदुर संघका संयोजक केशव बुढाथोकी र सेक्युरिटी मजदुर संघका संयोजक राजु दाहालको उपस्थिति रहेकोे थियो ।

पछिल्लो पटक १ लाख मजदुर संगठित गर्ने लक्ष्य सहित महासंघले कारखाना जाऔं अभियान सञ्चालन गरेको छ । यसैगरी महासंघले १३५ अन्तर्राष्ट्रिय मजदुर आन्दोलन दिवसको अवसरमा विशेष केन्द्रीकरण र धक्काको तयारी गरेको छ ।