१९ फागुन दाङ तुलसीपुर ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको सहीद सप्ताह कार्यक्रम अन्तरगत सहीद तथा वेपत्ता योद्धा परिवारहरुलाई सम्मान गर्ने कार्यक्रमअनुसार दाङ तुलसीपुर उ म न पा वडा नम्बर १७ पहरवामा सहीद तथा वेपत्ता योद्धा परिवारहरुलाई सम्मान पत्र वितरण तथा अविरबरण कार्यक्रम सम्पन्न गरियो ।
पार्टी केन्द्रिय सचिबालय सदस्य तथा ५ नम्बर प्रदेश सह–संयोजक तथा दाङ्ग जिल्ला इन्चार्ज समिरको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा सहीद हरु प्रति एक मिनट मौनधारण गर्दै श्रदान्जली अर्पण गरियो भने कार्यक्रममा उपस्थित सहीद तथा वेपत्ता योद्धा परिवारहरुलाई सम्मान पत्र वितरण गरिएको थियो ।
उक्त कार्यक्रमको संचालन दाङ्ग जिल्ला सह–संयोजक तथा प्रदेश सदस्य अमरले गर्नु भएको थियो भने अध्यक्षता जिल्ला संयोजक तथा प्रदेश सदस्य नबिनले गर्नु भएको थियो ।
कार्यक्रममा स्वागत मन्तब्य प्रदेश सदस्य तथा तुलसीपुर उ म न पा संयोजक पहाडले गर्नु भएको थियो । प्रमु अतिथि समिरव्दारा सहीद तथा वेपत्ता योद्धा परिवारहरुलाई सम्मान पत्र वितरण तथा अविरबरण गरिएको थियो ।