काठमाडौं । मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय कार्यलय सदस्य तथा ३ नम्बर प्रदेश ईन्चार्ज हेमन्त प्रकाश ओली सुदर्शनको नेतृत्वको केन्द्रीय “जनसेवा अभियान” टोली भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा पुगेको छ ।
भूकम्प प्रभावित क्षेत्रको उद्धार र पुनर्निर्माणको लागि नेता सुदर्शनको नेतृत्वमा मजदुर संगठनका केन्द्रीय संयोजक दिनेश शर्मा, विद्यार्थी संगठनका केन्द्रीय संयोजक मिलन राई, क्रान्तिकारी युवा संगठनका केन्द्रीय कार्यलय सदस्य प्रमोद सिंह लगायत ४० जनाको अभियान टोली राहत सामग्री सहित भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा आइतबार पुगेको हो । भुकम्प गए लगत्तै पार्टीको निर्देशनमा पहिलो चरणमा जिल्ला ईन्चार्ज अनन्त र संयोजक हिमालको नेतृत्वमा उद्धार कार्यमा जाजरकोट जिल्ला पार्टीका दर्जनौ नेता कार्यकर्ता खटिरहेका थिए।
दोश्रो चरणमा पार्टीका केन्द्रीय कार्यलय सदस्य तथा ६ नम्बर प्रदेश इन्चार्ज उदय बहादुर चलाउने “दिपक”को नेतृत्वमा क्रान्तिकारी युवा संगठनका केन्द्रीय संयोजक हरिष भट्ट लगायत जनस्वास्थ्य स्वंयमसेवको टिम लक्ष्मी चौलागाईं ‘प्रतिज्ञा’को सहसंयोजकत्वमा र राम बहादुर बुढा ‘राजन’ सहसंयोजकत्वको भुकम्प प्रभावित क्षेत्रमा खटेर घाइतेहरुको उपचार, घटनाबारे निरन्तर सामाचार प्रसार र भत्किएका घरहरुको उद्धारको कार्यमा निरन्तर खटिरहेका छन्।
अभियानको तेश्रो चरणमा भूकम्पको मुख्य प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमका अती भुकम्प प्रभावित गाउँबस्तीहरुमा स्वयंसेवक टोली पुनर्निमाण गरि जनसेवा अभियानमा खटिने नेता सुदर्शनले जानकारी दिए ।
गत कार्तिक १७ गते राति जाजरकोट जिल्लाको बारेकोट गाउपालिकाको वडा न १ रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टर स्केलको भुकम्पले जाजरकोट ,रुकुम पश्चिम र सल्यान लगायतका आसपासका जिल्लाहरुमा गरि १५६ जनाको मृत्यु भयको थियो भने ३६५ जना भन्दा बढि घाइते भएको तथा हजारौं हजारलाई चोटपटक लागेको र ६२ अर्ब बराबरको भौतिक संरचनाहरुको क्षति भएको अनुमान गरिएको सामाचार छ ।