क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालद्वारा श्रद्धाञ्जली व्यक्त

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालद्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडौं । नेपाली कम्युनिस्ट आन्दोलनका पहिलो पुस्ताका अग्रज नेता कमरेड कृष्णदास श्रेष्ठकी जीवन संगिनी कमरेड महालक्ष्मी श्रेष्ठको निधनमा दुःख व्यक्त गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य किरणले श्रद्धाञ्जली वक्तव्य जारी गर्नुभएको छ ।

शुक्रबार (१, मंसिरमा) जारी गरिएको श्रद्धाञ्जली वक्तव्यमा भनिएको छ, “यही कात्तिक २९ गते राति ११ः३० बजे कमरेड महालक्ष्मी श्रेष्ठको नर्भिक अस्पतालमा दुःखद निधन भएको छ । १९९९ साल वैशाख १ गते पर्साको वीरगञ्जमा जन्मनुभएकी क. महालक्ष्मी तत्कालीन नेकपा–माओवादीकी केन्द्रीय सल्लाहकार समिति सदस्य हुनुहुन्थ्यो । नेपाली कम्युनिस्ट आन्दोलनका पहिलो पुस्ताका अग्रज नेता कमरेड कृष्णदास श्रेष्ठकी जीवन संगिनी क. महालक्ष्मी श्रेष्ठले नेपाली कम्युनिस्ट आन्दोलनमा प्रत्यक्ष र परोक्ष रुपमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनु भएको थियो । उहाँका एक छोरा, तीन छोरी, एक बुहारी र तीन ज्वाइँ सहित नाति–नातिनाहरु हुनुहुन्छ । उहाँको निधनबाट हामी अत्यन्तै दुःखित भएका छौं । दःुुखको यस घडीमा हाम्रो पार्टी क. महालक्ष्मी श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र उहाँका शोकसन्तप्त परिवार, साथी–संगिनी तथा आफन्तजनमा हार्दिक समवेदना व्यक्त गर्दछ ।”