काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आज इजरायली दुतावासमा विरोधपत्र बुझाउने कार्यक्रम छ ।
इजरायली दुतावासमा विरोधपत्र बुझाउने कार्यक्रमअनुसार आज आस्विन ३० गते मंगलवार दिउसो १:३० बजे काठमान्डौको धुम्वाराही स्थित चम्पल कारखाना रिंगरोडमा जम्माभई त्यहाँबाट विरोध जुलुससहीत इजरायली दुतावास गई विरोपत्र बुझाइने छ ।
क्ेही दिनअघि पार्टी प्रवक्ता कञ्चनले प्रेस–वक्तव्यमा भनेका थिए, ‘अमेरिकी साम्राज्यवादको सैनिक बुर्जाका रूपमा रहेको इजरायली सरकारले इजरायलको स्थापना कालदेखि नै प्यालेस्टिनी जनतामाथि कत्लेआम गर्दै आएको छ र प्यालेस्टाइनलाई नै दुई टुक्रामा विभाजित गरिदिएको छ । यसप्रकारको मानवताविरोधी साम्राज्यवादी नीतिको अन्त्य हुनुपर्छ । प्यालेस्टिनी जनताले आफ्नो भूमिको भौगोलिक अखण्डता र सार्वभौमिकताको रक्षा गर्न पाउनु उनीहरूको नैसर्गिक अधिकार हो । सैन्य शक्ति, सम्पत्ति र प्रविधिको बलमा जनतामाथि हिंसा थोपर्नु, राज्य नै विस्थापित गरिदिनु इजरायली सरकारको सत्ता संरक्षित आतङ्कवाद हो । हाम्रो पार्टी यसको घोर निन्दा तथा भत्र्सना गर्दछ । साथै हामी कब्जा गरेको प्यालेस्टिनी भूमि फिर्ता गर्न र देशभक्त नेताहरूको रिहाइ गर्न इजरायल सरकारसँग जोडदार माग गर्दछौँ ।’