३ नम्बर प्रदेश एकता अधिवेशन सम्पन्न

३ नम्बर प्रदेश एकता अधिवेशन सम्पन्न

 

९ असोज कुपोन्डोल, ललितपुर ।
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ ३ नम्बर प्रदेशको एकता अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले कुमार घताने संयोजक र सरोज न्यौपाने सह –संयोजक रहेको ५७ सदस्यीय प्रदेश महासंघ निर्माण गरेको छ ।


एकता अधिवेशनलाई महासंघका केन्द्रीय संयोजक तथा प्रमुख अतिथि दिनेश शर्मा, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ३ नम्बर प्रदेश संयोजक अटल, महासंघका सह–संयोजकत्रय इश्वर तिमिल्सिना,वसन्त बोगटी, विनोद कुमार थापा र रंगवीर दोङले शुभकामना एवं सचिवालय सदस्यद्वय प्रदीप अस्थानी र रमेश बस्नेतले स्वागत मन्तव्य द्वारा सम्बोधन गरेका थिए ।


एकता अधिवेशनद्वारा महासंघले संगठनको नीति तथा आगामी योजना पारित गरेको छ । महासंघका आगामी योजनाहरुमा लाल पुस्तक पढौं, पढाऔं अभियान, जुझारु कार्यकर्ता, गतिशील महासंघ निर्माण अभियान, श्रम सेवक दल मार्फत श्रम र उत्पादन अभियान, ब्रेक द चेन–ओपन द डोर अभियान रहेका छन । जस अन्तरगत आगामी मे डे सम्म पुग्दा महासंघले एक लाख मजदुरहरुसम्म पुग्ने, बीस हजार मजदुर संगठित गर्ने र ४०० नयाँ इकाईहरु निर्माण रहेका छन ।


२३ भाद्र २०८० मा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ र क्रान्तिकारी ट्रेड युनियन महासंघका बीच सम्पन्न एकता अधिवेशन पश्चात देशैभर प्रदेश तथा जिल्ला महासंघ र पेशागत घटक स्तरका एकता अधिवेशनहरु अघि बढिरहेका छन ।

यस प्रक्रियामा महासंघका १, २ र ५ का प्रदेश अधिवेशनहरु सम्पन्न भैसकेका छन ।


एकता अधिवेशनको सञ्चालन महासंघका प्रदेश सह–संयोजक सरोज न्यौपानेले गरेका थिए ।