धनकुटामा भ्रष्ट ठेकेदारलाई क्रान्तिकारी कम्युनिस्ट पार्टीले ग¥यो कारबाही

धनकुटामा भ्रष्ट ठेकेदारलाई क्रान्तिकारी कम्युनिस्ट पार्टीले ग¥यो कारबाही

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले धनकुटामा भ्रष्ट ठेकेदारलाई कारबाही गरेको छ । मजदुरहरु र स्थानीय जनताको उजुरी र गुनासोको आधारमा सुपेरियर मालिका जेभ िकम्पनीका ठेकेदार प्रदिप कार्की भनिने चुल बहादुर कार्कीलाई कारबाही गरिएको उक्त पार्टीले वक्तव्य मार्फत् सार्वजनिक जानकारी गराएको छ ।

महिनौ दिनसम्म मजदुरहरुलाई आफ्नो साइडमा काम लगाई ज्यादा नदिएको, ज्याला माग्न जाँदा दुव्र्यवहार गर्ने गरेको, डर त्रास देखाउने, श्रम शोषण गर्ने गरेको पार्टीको न्यायिक समितिमा ५० जना मजदुरहरुको उजुरी परेको र पटक पटक छलफलका लागि बोलाउँदा पनि पार्टी कार्यालयमा नआएका कारण निजलाई कारबाही गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका धनकुटा संयोजक मोहनले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ ।

पीडित मजदुरहरुको ज्याला एक महिनाभित्र भुक्तान गर्न चेतावनीसहित सांकेतिक कारबाही गरेको व्यहोरा वक्तव्यमा जनाइएको छ ।