काठमाडौं । नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनका केन्द्रीय सदस्य द्वय डा. होमनाथ पाठक र गिरिराज पाठकका स्नेही बुवा भक्तिविलास पाठकको मिति २०८०/ ६/२ गते ९३वर्षको उमेरमा भएको निधनबाट सङ्गठन मर्माहत र एकदमै दु:खित भएको संगठनले जनाएकाे छ।
संगठनका संयाेजक प्रा. डा. जगदीश चन्द्र भण्डारीले श्रद्धाञ्जली वक्तव्य जारी गर्दै दुःखको यस क्षणमा संगठन दिवंगत बुवाप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै शोकाकुल समस्त परिवार र आफन्तजनप्रति समवेदना व्यक्त गरिएकाे छ ।