
३ असोज नेपालगन्ज
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको भातृ संगठन अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनले नेपालगन्ज सहरको वि पि चोकवाट मसाल जुलुस गरि जनघाति शिक्षा विधेयक खारेज गर, कालो संविधान मान्दैनैं, निजि शिक्षालाई सामुदायिक करण गर, शैक्षिक माफियाहरु मुर्दावाद, सम्पुर्ण शिक्षा निशुल्क र अनिवार्य गर, जस्ता नारा लगाएर धम्वोझि चोकमा आएर विसर्जन गरेका थिए । मसाल जुलुसको नेतृत्व विद्यार्थी नेताहरु सुनिल सिंह, तपेन्द्र न्यौपाने, भिषण शाहीले गरेका थिए ।




























