क्रान्तिकारी कम्युनिस्ट पार्टी मोरङले विरोध जुलुशसहीत जलायो नेपालको संविधान २०७२

क्रान्तिकारी कम्युनिस्ट पार्टी मोरङले विरोध जुलुशसहीत जलायो नेपालको संविधान २०७२

विराटननगर/जन संविधान निर्माणका लागि संघर्ष गर्दै आएको क्रान्तिकारी कम्युनिष्ट पार्टी मोरङले नेपालको संविधान २०७२ जलाएको छ ।
संसदवादी दलहरुले आज असोज ३ गते संविधान दिवस मनाईरहदा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले देशैभरी संविधान जलाएको हो ।


यसै अनुरुप क्रान्तिकारी कम्युनिस्ट पार्टी मोरङले विराटनगरको वि–प्लट अगाडि संविधान जलाएको छ ।
२०७२ को प्रतिक्रियावादी संविधान खारेज गर , दलाल संसदीय व्यवस्था मुर्दावाद , संघीय जन गणतन्त्र जिन्दावाद भन्ने नारा सहित निस्केको विरोध जुलुशले संविधान जलाएको हो ।


संविधान जलाइ सकेपछि भएको कोणसभामा पार्टीका सचिवालय सदस्य तथा प्रदेश नम्बर १ का संयोजक संङ्कुलले देशको पश्चगामी संविधानको कुनै अर्थ नभएकाले जलाएको बताए । उनले प्रतिक्रियावादीहरुका विरुद्ध यो कार्वाहि सांकेतिक भएकाले जनवादी संविधान निर्माणका लागि ठूला ठूला संर्घष छेड्ने चेतावनी दिए ।


विरोध जुलुशमा पार्टीका कार्यालय सदस्य दिनेश शर्मा , सचिवालय सदस्य तथा प्रदेश सहसंयोजक सरल , पार्टीका सचिवालय सदस्य तथा मोरङ इन्चार्ज विमल निरौला लगायतको उपस्थिती रहेको थियो । उक्त कोण सभाको संचालन पार्टीका केन्द्रिय सदस्य तथा मोरङ संयोजक बादलले गरेका थिए ।