नवलपरासी – अखिल(क्रान्तिकारी) जिल्ला समिति नवलपरासी पश्चिमले एकता भेला तथा प्रशिक्षणको तयारी गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) जिल्ला समिति नवलपरासी पश्चिमले यही भाद्र १९ गते एकता भेला तथा प्रशिक्षण तयारी गरेको केन्द्रीय सदस्य सन्देश सापकोटाले जानकारी दिनुभयो ।
दिब्यज्योति बहुमुखी क्याम्पस चिसापानीमा आयोजना हुने एकता भेलामा जिल्लाका सातै पालिका र बिभिन्न शैक्षिक संस्थाका ईकाईहरुबाट प्रतिनिधिहरु सहभागी हुने सापकोटाको बताउनुभयो । भेलाले जिल्लाको शैक्षिक आन्दोलनलाई उठान गर्नका लागि कार्यदिशा समेत तय गर्ने सापकोटाको भनाई छ । उहाँका अनुसार भेलाले जिल्ला सम्मेलनको मिति तथा सम्मेलन सम्पन्न गर्नका लागि जिल्ला सम्मेलन आयोजक समिति समेत गठन गर्ने कार्यसुची रहेको छ ।
नेकपा(क्रान्तिकारी माओवादी) र नेकपा(बहुमत) बीच एकता सम्पन्न भएपछि बिद्यार्थी संगठनबीच एकता हुन लागेको हो । जिल्ला र पालिकास्तरमा दुई क्रान्तिकारी पार्टीबीच एकता सम्पन्न भइसकेको छ । जनबर्गीय मोर्चा संगठनहरुका एकता भेला तथा प्रशिक्षण तीब्र बनाउने क्रममा बिद्यार्थी संगठनको एकता तय भएको सो पार्टीले जनाएको छ ।