क्रान्तिकारी कम्युनिस्ट पार्टी बर्दघाटद्वारा श्रद्धाञ्जली सभा

क्रान्तिकारी कम्युनिस्ट पार्टी बर्दघाटद्वारा श्रद्धाञ्जली सभा

नवलपरासी – क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल बर्दघाट नगर संगठन समितिको आयोजनामा बर्दघाट–४ मर्चाखोलामा शनिवार श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । पार्टीका नगर कमिटी सदस्य तरुण श्रीस मगरको हजुरआमा मनकुमारीको स्मृतिमा शोक ब्यक्त गर्दै सोे पार्टीले श्रद्धाञ्जली सभा गरेको हो । सो अवसरमा पार्टीका केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य एवं जिल्ला संयोजक रवि पाण्डेयले मृत्युलाई शोकमा नभई शक्तिमा बदल्दै वर्गीय आन्दोलनमा जुटन सबैलाई आग्रह गर्नुभयो ।
कार्यक्रमका पाण्डेयले जन्म र मृत्यु जिवनको सत्यता रहेको चर्चा गर्दै असामायिक निधनले धेरै पीडा दिने गरेको उल्लेख गर्नुभयो । उहाँले शोकमा डुबेर आफ्नो जिजिबिका माथि प्रभाव पार्न नहुने बताउदै सुखमा मात्र नभई दुःखमा पनि पार्टीले साथ दिने बताउनुभयो ।
कार्यक्रममा पार्टीका प्रदेश सदस्य तथा जिल्ला सहसंयोजक गणेश ढकाल , नगर इन्चार्ज चुडामणी भण्डारी, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य सन्देश सापकोटा,राजेन्द्र न्यौपाने , आनन्द ढकाल र समाजसेवी बिष्णु गैरैलगायतको सहभागिता रहेको सो पार्टीले जनाएको छ । कार्यक्रम पार्टीका नगर संयोजक ज्ञान बहादुर केसीको अध्यक्षतामा भएको थियो ।