क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको जानकि गाउपालिका बाँकेको एकता प्रशिक्षण भेला सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको जानकि गाउपालिका बाँकेको एकता प्रशिक्षण भेला सम्पन्न

नेपालगन्ज बाँके, भाद्र १५ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको जानकि गाउपालिकाको एकता प्रशिक्षण भेला सम्पन्न भएको छ ।


बैठकमा रिपोर्टिङ र प्रशिक्षण भएको थियो । बैंठकको अध्यक्षता हरभजन राडले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सचिवालय सदस्य दिपक शाही, अतिथिहरु केस तथा बाँके जिल्ला संयोजक विशाल खाँ, केस तथा ६ न. प्रदेश स्वास्थ्य विभाग प्रमुख लक्ष्मि चौलागाईं, बाँके जिल्ला सह–संयोजक वीर ब. परियार, बाँके जिल्ला कार्यालय सदस्य प्रेम थापा र प्रदेश सल्लाकार चुन्नु खाँ लगाएत नेताहरुको उपस्थित थियो ।


प्रशिक्षण र पष्टिकरण प्रेम थापा, वीर ब परियार, के स लक्ष्मी चौलागाईं , विसालले जनताका जनजिविका जनतन्त्र र भ्रष्टाचार , राष्ट्रियता एमसीसी लिम्पियाधुरा लगाएत विषयमा प्रकाश परेका थिए ।
प्रमुख अतिथि केन्द्रीय सचिवालय सदस्य दिपक शाहीले पार्टीले संसारका मजदुर किसान उत्पिडीत जनतालाई अब हुने नेपालको तेस्रो जनआन्दोलनले उत्साह उदाहणनीय हुने वताउदै पार्टी एकताले नेपालका कम्युनिस्ट क्रान्तिकारीहरुलाई उल्लास पुर्ण सन्देश दिइएको भनेका थिए ।


हाम्रो पर्टीको केन्द्रीय नितिलाई जनजन र घरघरमा पुर्‍याउनु पर्नेमा जोड दिदै, दलाल संसदीय व्यवस्थाको अत्य र नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवादमा जाने वटो नै मुख्य उदेश्य हो भन्दै, भ्रष्टाचारी, वलात्कार राष्ट्रघाति, एमसीसी लगायत सम्पूर्ण विषयहरुलाई लिएर संघर्ष गर्नु पर्ने समेत वताए ।
भेलामा उपस्थित सवै नेता कार्यक्रर्तालाई आगामि कामका सन्दर्भमा शिक्षा स्वास्थ्य २०८३ सम्ममा निशुल्क गर्न, किसानलाई निशुल्क मल बीउ र किसानका उत्पादन देश भरि सवै वडाले संकलन केन्द्र वनाएर खरिद गरि सस्तोमा जनता र उपभोक्तलाई वितरण गर्न, देशमा रोजगारि सृजना गर्न कम्ति सवै पालिकाहरुमा कम्तिमा दुईवाटा जनताको स्वामित्व र पुर्ण सरकारि स्वामित्वमा दुई दुई वाटा उद्योग संचालन गर्न, वैक वितिय संस्थाहरु र मिटर व्याजिहरुको ज्यादतिलाई रोकि जनतालाई सस्तो र सुलभ ऋण उपलब्ध गरि सेवा दिन व्यवस्था गर्न, भ्रष्टाचारीलाई कारवाही गरि पुर्ण भ्रष्टाचार मुक्त समाज निर्माणका लागि संघर्ष गर्न निर्देश गर्दै पार्टीको आगामि कार्यक्रम र कार्यदिशाका वारेमा प्रशिक्षण सहितको मन्तव्य रखेका थिए । नव निर्वाचितहरुलाई शुभकामना बधाई समेत दिएका थिए ।
जानकि गाउपालिकाको भेलाले हरभजन राड संयोजक र सह–संयोजकहरु किसान र नन्कुु गरि १७ सदस्यीय जानकि गाउँपालिका संगठन समिति गठन समेत गरेको समाचार छ ।