सिन्धुलीमाडी बजारमा संयुक्त आयोजनामा राष्ट्रघाती एमसीसी खारेज कार्यक्रम सम्पन्न

सिन्धुलीमाडी बजारमा संयुक्त आयोजनामा राष्ट्रघाती एमसीसी खारेज कार्यक्रम सम्पन्न

सिन्धुली
भाद्र १३ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति सिन्धुली र नेपाल कम्युनिस्ट पार्टी बिप्लव सिन्धुली जिल्ला समितिको संयुक्त आयोजनामा सिन्धुलीमाडी बजारको लोकतान्त्रिक चौतारी मा बिरोध कोणसभा सम्पन्न भयो ।

उक्त कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सिन्धुली जिल्ला ईन्चार्ज जिवनले राष्ट्रघाती एमसीसी खारेज गराउन संघर्ष गर्नु परेको र खारेज नगराए सम्म आन्दोलन जारी राख्ने बताए । कार्यक्रमका अर्को बक्ता नेपाल कम्युनिस्ट पार्टी विप्लवका सिन्धुली जिल्ला ईन्चार्ज केन्द्रीय समितिको सदस्य सशि सी ले राष्ट्रघाती एमसीसी खारेज गर्न संघर्ष गरौं भन्ने कुरा राखेका थिए ।


उक्त कोणसभाको संचालन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल प्रदेश सदस्य बालकृष्ण थापा ले गरेका थिए । ठूलो बर्षाको बाबजुद दर्शक श्रोताहरुले छतमा बसेर सुनिरहेका थिए ।