क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल खजुरा गाउँपालिकाको एकता भेला सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल खजुरा गाउँपालिकाको एकता भेला सम्पन्न

बाँके खजुरा
भाद्र १२ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल खजुरा गाउँपालिकाको एकता भेला सम्पन्न भयो । शक्तिको अध्यक्षतामा २५ सदस्यीय नगर संगठन समिति गठन गरियो । भेलाको प्रमुख अतिथ्यता पार्टी केन्द्रीय सचिवालय सदस्य, ६ नम्बर प्रदेश सह–संयोजक तथा बाँकेका इन्चार्ज दिपक शाहीले पार्टीले गरेको केन्द्रीय र प्रदेश जिल्लाले गरेको निर्णयहरुलाई कार्यान्वयन गर्न निर्देशन गर्दै संघर्षका कामहरु भित्तेलेखन, शिक्षा र स्वास्थ्य नि:शुल्क गर्ने र नगर र गाउपालिकाका एकता भेला वडा तह सम्मन गर्ने स्कुल र प्रशिक्षणलाई अभियानको रुपमा संचनलन गर्न सम्पूर्ण रुपमा लागने र स्थानिय तहमा भए गरेका भ्रष्टाचार, जनताका जनजिविका जनतन्त्र राष्ट्रियताको सवै सवालहरुलाई ( एम सि सि खारेज गर्न, सिमा अतिक्रमण रोक्न , लिम्पियाुरा लिपुलेकको जनगणना गर्ने) लिएर व्यापक संघर्ष संचालन गर्नु पर्ने वताए ।


कार्यक्रममा शिक्षा क्षेत्रमा भएको माफिया र कापि किताबमा भएको दलालि रोक्नु पर्ने समेतमा जोड दिए । यसै सन्दर्भमा खजुरामा बीस वर्ष देखि वसोवास गरि रहेका जनतालाई व्यावस्थित वसोवासको व्यवस्था गरि सहरलाई व्यावस्थित गर्नु पर्ने र अन्यथा जवर्जस्ति जनतालाई उठाउन खोजे जनताले गर्ने न्यायको लडाईमा हाम्रो पार्टीले पनि निसर्त सादिने समेत वताए ।
सहभागी अतिथिहरु पार्टीका के स कृष्ण शाह, , बाँके जिल्ला संयोजक विशाल खाँ सह– संयोजक वीर व परियार, जिल्ला कार्यलय सदस्य प्रेम थापा, तिलक गिर, नुर सागर, सुनिल र तपेन्द्र सहभागी हुनु हुन्थ्यो । कार्यक्रमको संचालन तिलकले गरेका थिए ।