इलाम जिल्लाको एकता अधिवेशन भव्यरुपमा सम्पन्न

इलाम जिल्लाको एकता अधिवेशन भव्यरुपमा सम्पन्न

 

इलाम । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले १ नं.प्रदेश अन्तर्गतको इलाम जिल्लाको एकता अधिवेशन भव्यरुपमा सम्पन्न गरेको छ । अधिवेशनले ध्रुवको संयोजकत्वमा नौ सदस्यीय इलाम जिल्ला संगठन समिति चयन गरेको हो ।

इलाम जिल्लाको रोङ गाउँपालिकास्थित कुटीडाँडामा मंगलबार सम्पन्न भएको अधिवेशनका प्रमुख अतिथि पाटीका केन्द्रीय सचिवाल सदस्य तथा १ नं. प्रदेशका संयोजक सङ्कुलले पार्टी केन्द्रको भाव संप्रेषणसहित प्रशिक्षण मूलक मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रममा केन्द्रीय सचिवालय सदस्य एवं प्रदेश संगठन समितिका सह–संयोजक नरेश तथा केन्द्रीय सदस्य एवं झापा–इलाम इन्चार्ज विमलको आतिथ्यता रहेको थियो भने कार्यक्रमको अध्यक्षता ध्रुवले गर्नुभएको थियो ।