ईश्वरीप्रसाद गैरे/८,भदौ
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल दाङको आयोजनामा MCC सम्झौता खारेजीको माग गर्दै तुलसीपुरमा नाराजुलुस सहित कोणसभा गरिएको छ ।
उक्त कोणसभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालका केन्द्रीय सचिवालय सदस्य समिरले MCC कार्यान्वयनका चरणमा रहेकोले तत्काल उक्त कार्य बन्द गर्न आग्रह गर्दै MCC खारेजीको माग गर्नुभयो। साे सभालाई सम्बाेधन गर्दै अखिल (क्रान्तिकारी) का ५ नम्बर प्रदेश संयोजक नवीन खडकाले संसदबाट MCC परियोजना पास गरेर काङ्ग्रेस एमाले माओवादी केन्द्रले ठुलो राष्ट्रघात गरेको कुरा राख्दै यिनीहरुका बिरुद्ध सङ्घर्ष उठाउपर्ने कुरा राख्नुभएको थियो ।
कार्यक्रमकाे सञ्चालन तुलसीपुर नगर इञ्चार्ज मनोजले गर्नु भएको थियो ।






























