एमसीसी परियोजना स्थलमा क्रन्तिकारी कम्युनिस्ट पार्टीको विरोध प्रदर्शन, नेताहरुले दिए यस्तो चेतावनी

एमसीसी परियोजना स्थलमा क्रन्तिकारी कम्युनिस्ट पार्टीको विरोध प्रदर्शन, नेताहरुले दिए यस्तो चेतावनी

 

काठमाडौं । एमसीसी परियोजना स्थल काठमाडौंको जरसिङ पौवा (लप्सी फेदी) मा आज क्रन्तिकारी कम्युनिस्ट पार्टीले विरोध प्रदर्शन गरेको छ । पार्टी निकट अखिल नेपाल आदिवासी जनजाती महासंघको आयाेजनामा  विरोध प्रदर्शन गरेको हो ।

विरेध प्रदर्शनलाई क्रन्तिकारी कम्युनिस्ट पार्टी , नेपाल काठमाडौं जिल्ला पार्टी संयोजक प्रकाश, महासंघका केन्द्रिय सदस्य तथा नेवा मुक्ति मोर्चाका उपाध्यक्ष गोर्की श्रेष्ठ, अखिल नेपाल आदिवासी जनजाती महासंघका केन्द्रिय सदस्य तथा तामाङ मुक्तिमोर्चाका केन्द्रीय महासचिव सुरेस तामाङ, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकी सङ्खरपुर नगरका सम्योजक बिरताले सम्बोधन गर्नु भएको थियो । उक्त कार्यक्रमको संचालन अखिल नेपाल आदिवासी जनजाती महासंघका केन्द्रिय सदस्य  ज्ञानेन्द्र प्रजापतिले गर्नु भएको थियो।

पहिचान सहितको संघीयताको लागि संघर्ष गरौं राष्ट्रिय स्वाधीनताको रक्षा गरौं एमसीसी खारेज गरौं भन्ने मूलनारा सहित कार्यक्रममा बोल्दै नेताहरुले एमसीसी परियोजनालाई कुनैपनि हालतमा कार्यान्वयन हुन नदिने चेतावनी दिनु भएको थियो । यो दलाल राज्यसत्ताले नेपाली जनताको मर्म र भावना बिपरित जनतालाई धोका दिएर रास्ट्रघाती एमसीसी पारित गरेका थिए । अमेरिकी साम्राज्यवादका मतियार भ्रष्ट सरकारले जुन एमसीसी परियो जनालाई यहि भाद्र १४ देखि कार्यनयन गर्ने भनी रहेको छ। तर यो परियोजना नेपाल र नेपालीजनताहरुको हितमा कदापी नभएको भन्दै कार्यान्वयन होइन, पुर्णरुपमा खारेज गर्नु पर्ने धारणा कोणसभाका वक्ताहरुको राखेका थिए।