काठमाडौं । अखिल नेपाल जनस्वास्थ्यकर्मी संगठनको एकता भेला सम्पन्न भएको छ । शनिबार ललितपुरको कुपण्डोलस्थित क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको कार्यालयमा सम्पन्न भएको एकता भेलाले इन्दिरा अधिकारीको संयोजकत्वमा २३ सदस्यीय केन्द्रीय संगठन समिति निर्माण गरेको छ ।

सो संगठनको सहसंयोजकमा लोकेन्द्र सार्की चयन हुनु भएको छ भने सदस्यहरुमा डा आकाश अर्याल, डा सन्जिव योन्जन, महानन्द भट्ट, पम्फा नेपाली, दिल बहादुर चुदार, प्रतिभा बि सि, डा विशाल उप्रेती, डा प्रतिभा सापकोटा, सीता गुरुङ, निशा कार्की, अनुपा बुढाथोकी, युबराज खड्का, दिपेन्द्र सिंह, उमेश मगर, मन्जिल बोगटी, अर्जुन कुमार सुनार , दिपक बयलकोटी, भक्त राज काफ्ले, अबिरल, बलराम गिरि लगायत हुनुहुन्छ ।

पार्टीका बरिष्ठ कार्यालय सदस्य सिपी गजुरेल गौरवको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा पार्टीका कार्यालय सदस्य तथा प्रवक्ता धर्मेन्द्र बास्तोला विशेष अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो । प्रमुख अतिथि गजुरेल, विशेष अतिथि बास्तोला र संगठनका फ्याक्सन इन्चार्ज गम्भीर, पार्टी केन्द्रीय सल्लाकार मंगल विकले महत्वपूर्ण वैचारिक राजनीतिक तथा पेशागत विषयहरुमा महत्वपूर्ण प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको थियो ।

भेलामा शिक्षा तथा स्वास्थ्य बिभाग सचिव पूर्ण सिंह, सदस्य गोबिन्द पौडेल लगायतका नेताहरुको उपस्थिति रहेको थियो । इन्दिरा अधिकारीको अध्यक्षतामा सम्पन्न भेलाको सञ्चालन लोकेन्द्र सार्कीले गर्नुभएको थियो ।





























