फेरि बढाइयाे इन्धनकाे मूल्य, क्रान्तिकारी कम्युनिस्ट पार्टीले गर्याे तीव्र विराेध

फेरि बढाइयाे इन्धनकाे मूल्य, क्रान्तिकारी कम्युनिस्ट पार्टीले गर्याे तीव्र विराेध

काठमाडौं । सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेकाे छ । नेपाल आयल निगमले मंगलबार पेट्रोल र डिजेलको मूल्यवृद्धि गरेको हो। 
निगम सञ्चालक समिति बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएर मूल्य समायोजन गरेको निगमले बताएको छ।
यो सँगै पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १६४.५ रुपैयाँ प्रतिलिटर कायम भएको छ। 
समायोजन भएको मूल्य मंगलबार रातिबाट लागू भएकाे छ ।
यसैबीच, क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता धर्मेन्द्र बास्ताेला कञ्चनले फेसबुकमा स्यटाटस लेख्दै सर्बत्र बिराेध गर्न र मुल्यवृद्धि फिर्ता लिन दवाव सिर्जना गर्न आव्हान गर्नुभएकाे छ । उहाँले लेख्नुभएकाे छ, “नेपाल अाएल निगमले भाेली श्राबण ३१ गते बिहान ००.०१ बजे देखि लागू हुने गरि पेट्राेलमा रू ५ र डिजेल/मट्टीतेलमा रू१४ मूल्य बढाएकाे छ । यसकाे सर्बत्र बिराेध गराै र सरकारलाई फिर्ता लिन दवाव सिर्जना गराै ।”