२७ साउन पोखरा ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल जिल्ला संगठन समिति कास्कीको आयोजनामा आज मिति २०८०/०४/२७ गते नेपाल आयल निगम क्षेत्रीय डिपो कार्यालय पोखराका प्रमुख चितरञ्जन दास र कर्मचारीको मिलेमतोमा भएको अवैधानिक धन्दा बन्द गर्न र दोषीलाई कारवाही गर्ने मागका साथ नेपाल आयल निगम पोखरा भण्डरिकमा बृहत कोण सभा सम्पन्न गरिएको छ ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी,नेपालको भातृ युवा नेता सूर्यले उक्त कार्यक्रम सञ्चालन गर्नु भएको थियो भने विद्यार्थी संगठनको केन्द्रीय सचिवालय सदस्य तथा कास्की जिल्ला सहयोजक कमलाले त्यहाँ भएको व्यथितीको जानकारी गराउँदै यस्को सधैं विरोध गर्ने र प्रशासनले दोषी जोगाउन र ढाकछोप गर्न खोजेमा हाम्रो पार्टीले धावा बोल्दै पार्टी गत कारवाही गर्ने चेतावनी पनि दिएका छन् ।
युवा नेता लोकेन्द्रले आयल घाटामा जानुको मुख्य कारण यही र यस्तै अन्य घटना हुन भन्दै कोण सभा समाप्ति गरेका थिए ।