काठमाडौं । ०६ अगस्त २०२३ का दिन अखिल भारत प्रवासी नेपाली एकता समाज गुवा गुजरात माहाराष्ट्रको एकता अधिवेशन माहाराष्ट्रको ठानेमा सम्पन्न भएको छ । केन्द्रीय समितिका सदस्य रामु बिकको अध्यक्षतामा सम्पन्न अधिवेशनको संचालन केन्द्रीय समितिकै सदस्य जीवन धामीले गर्नु भएको थियो भने अधिवेशनमा अथिती अखिल भारत प्रवासी नेपाली एकता समाजका ईन्चार्ज देवीदत्त पाण्डेय र अखिल भारत प्रवासी नेपाली एकता समाजका गुवा गुजरात माहाराष्ट्र राज्यका ईन्चार्ज बालकृष्ण अधिकारी हुनु हुन्थो । केन्द्रीय समितिको परिपत्र वाचन रामु बिकले गर्नु भएको थियो । परिपत्र वाचनपछि संगठका भावीयोजना र हाम्रो जिम्मावारीको बारेमा प्रकास पार्ने काम भयो । पुरानो दुबै समितिहरुको बिगठन गरी नयाँ सयुक्त राज्य समितिको घोषणा गर्ने काम ईन्चार्ज बालकृष्ण अधिकारीले गर्नु भएको थियो ।
अधिवेशनले जीवन धामी संयोजक र प्रताप थापा सहसंयोजक रहने गरी ३९ सदस्य सयुक्त राज्य समितिको घोषणा गरिएको छ भने संगठनको बिस्तारको योजना बनाएको छ ।
त्यसै गरि ०६ अगस्त २०२३ का दिन अखिल भारत प्रवासी नेपाली एकता समाज हरियाना चण्डीगड संयुक्त राज्य समितिको पनी गठन गरिएको छ । अखिल भारत प्रवासी नेपाली एकता समाजका केन्द्रीय सहसंयोजक गोबिन्द पाण्डे र राज्य ईन्चार्ज चेतमान भाण्डारीको आथित्यामा सान्ता बस्नेत संयोजक रहने गरी १३ जानाको राज्य संगठन समितिको गठन गरिएको छ ।
त्यसैगरी ०६ अगस्त २०२३ का दिन पन्जाब जम्मु काश्मिर सयुक्त राज्य समिति अन्तरगत तलवाडा नगर समितिको बैठक सम्पन्न भएको छ । केन्द्रीय समितिका सदस्य रामु सुमा पौडेल, केन्द्रीय सदस्य कमला गौतमको उपस्थितीमा नगर समितिको बैठक सम्पन्न भएको छ ।
त्यसैगरी ०६ अगस्त २०२३ का दिन पन्जाब जम्मु काश्मिर संयुक्त राज्य समिति अन्तरगत होसीयार नगर समितिको पनि पुनर्गठन गरिएको छ ।
आन्द्रा तेलंगना तामिलनाडु राज्य समितिको एकता अधिवेशन पनि सम्पन्न
यसैबीच, दिनाङक २ अगस्त २०२३ दिन अखिल भारत प्रवासी नेपाली एकता समाज आन्द्रा तेलंगना तामिलनाडु राज्य समितिको एकता अधिवेशन प्रसिक्षण र बैठक तेलंगनाको सुचित्रा मा सम्पन्न भएको छ । सर्व प्रथम सर्वहारा वर्गका निम्ती आफनो प्राणको आहुतीदिने माहान सहिद हरुको समझना एक मिनट मौनधारण गरी अखिल भारत प्रवासी नेपाली एकता समाजका केन्द्रीय संयोजक आनन्द थापा प्रमुख अथिती र केन्द्रीय समितिका सदश्य लक्ष्मी प्रशाद शर्मा अथिती रहेको अधिवेशनको अध्यक्षता केन्द्रीय सदश्य कमल आर्चाया गर्नु भएको थियो भने संञ्चालन संगठनका केन्द्रीय सदश्य राम कुमार कार्कीले गर्नु भएको थियो । अधिवेशनले रामकुमार कार्की संयोजक र रुपराज भण्डारी सहसंयोजक रहने गरी २५ सदश्या राज्य संगठन समितिको गठन गरेको छ ।
अन्तमा अधिवेशनका अध्यक्ष्य कमल आर्चायद्वारा आफना भनाइहरुसहित कार्यक्रमको समापन गर्नु भएको थियो ।






























