रक्तक्रान्तिका दुई प्रगतिशिल गजल

रक्तक्रान्तिका दुई प्रगतिशिल गजल

                      (१)
आमुल परिर्वतनको एक नारा लिई उठ
किसान मजदुर सर्वहारा लिई उठ ।

युवा , बिद्यार्थी नै अग्रगामी जनशक्ति
जाति क्षेत्र लिंङ वर्ग सारा लिई उठ ।

पोखरा, काठमाण्डौ बुटवल शहर किन ?
दोरम्बा,तोपगाछी र खारा लिई उठ ।

फूटाई पार्टी गुटको समन्वय छोडिदेउ
हँसिया हथौडा रातोतारा लिई उठ ।

थर्थर नकमाउ खुट्टा जनमत हुदाँ
‘विकल्प’ क्रान्तिकारी विचारधारा लिई उठ ।

– स्थान : २०६० चैत्र २४ बुटवल रुपन्देही
                     

                 (२)
चिनो फूल बुट्टे चाली याद छ
अन्तिम बिदाईको बोली याद छ ।

रक्तिम युद्ध र बर्गीय माया
मोर्चा जादाँ तरेको खोली याद छ ।

साउने बर्षामा बिजयी हुदाँको
फूलमाला, रातो होली याद छ ।

केही साथी गुम्दा समर जित्दा
भञ्ज्याङमा रोएको टोली याद छ ।

– स्थान : २०६३ पौष ९ तिलकपुर तुलसीनगर नवलपरासी
यी दुई गजल रक्तक्रान्ति प्रगतिशिल गजल संग्रहमा प्रकाशित छन् ।