नवलपरासीमा जनएकतालाई जोड दिदै गाउँ गाउँमा जनभेटघाट तीब्र

नवलपरासीमा जनएकतालाई जोड दिदै गाउँ गाउँमा जनभेटघाट तीब्र

लक्ष्मी घिमिरे
नवलपरासी (महेशपुर) – क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल जिल्ला संगठन समिति नवलपरासी पश्चिमले जनएकतालाई जोड दिदै गाउँ गाउँमा जनभेटघाट तीब्र बनाएको छ ।

पार्टीका महाधिबेशन आयोजक समिति सदस्य तथा जिल्ला ईन्चार्ज संकल्प र अर्का महाधिबेशन आयोजक समिति सदस्य एंव जिल्ला संयोजक समरको नेतृत्वमा जिल्लाका सातैपालिकामा जनभेटघाट टीम परिचालन गरिएको छ ।
सातै पालिकामा पालिका ईन्चार्ज र संयोजकहरुको कार्यबिन्यास गर्दै क्राकपाले जनएकतालाई जोड दिदै आधारभुत जनताका घरदैलोमा पुगेको जिल्ला सहसंयोजक श्रमिकले जानकारी दिनुभयो । ‘नेकपा(क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बीच एकता भएपछि एकताको सन्देश लिएर तपाई माझ आएका छौ’– सरावलको महेशपुर बजार नजिकै रहेको मंगलापुरमा भेटिएका जिल्ला ईन्चार्ज संकल्पले भन्नुभयो – ‘क्रान्तिकारीहरु फुट्न मात्र होइन जुट्न पनि जानेका छौ । पार्टीका जिल्ला संयोजक समरले जिल्लाका हरेक वडामा संर्घष पु¥याउने ध्येयका साथ आफूहरु एकीकृत भएर लागेको जानकारी दिनुभयो । सो अवसरमा सरावल ईन्चार्ज सरोज र पाल्हीनन्दन संयोजक ओम प्रकाश समेत साथमा हुनुहुन्थ्यो ।