नवलपरासी – अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनकी नेतृ उर्मिला थापा क्षेत्रीलाई पितृशोक परेको छ । उहाँको बुवा ठाकुर बहादुर खड्काको ९७ बर्षको उमेरमा निधन भएको हो ।
ठाकुरकी माइली छोरी उर्मिला क्रान्तिकारी कम्युनिष्ट पार्टी निकट अनेमसंघ (क्रान्तिकारी)की नेतृ समेत हुनुहुन्छ भने ज्वाई क्षेत्रबहादुर थापा क्षेत्री उक्त पार्टीको केन्द्रीय महाधिबेशन आयोजक समिति सदस्य समेत हुनुहुन्छ ।
दिवंगत खड्काको परिवार बुटवलस्थित सुख्खानगरमा बस्दै आएको छ ।
विहीवार उहाँको नवलपरासीस्थित त्रिवेणीधाममा अत्येष्टि गरिएको पारिवारिक स्रोतले जनाएको छ । खड्काको ३ छोरी र एक छोरा हुनुहुन्छ ।
उहाँको निधनमा अन्तिम श्रद्धाञ्जली दिन ईष्टमित्र आफन्त तथा क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता घाटमा सहभागी भएका थिए ।
थापा तथा खड्का परिवारमा परेको दुःख प्रति क्रान्तिकारी कम्युनिष्ट पार्टी पश्चिम नवलपरासीले समबेदना ब्यक्त गरेको छ ।































