विराटनगर । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई मानव तस्करी गर्ने संगठित गिरोहलाई कडा कार्वाहि गर्नु पर्ने माग राखेर आज विराटनगरमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र नेकपा (मशाल)ले खबरदारी सभा गरेका छन् ।

विराटनगरको शनशरी माइस्थान देखि निस्केको जुलुस ‘भ्रष्टाचारी तथा मानव तस्करलाई कार्वाही गर , दलाल संसदीय व्यवस्था मुर्दावाद , राष्ट्रघाती नागरिकता विद्येयक खारेज गर , दलाल तथा भ्रष्टाचारी होशियार , भ्रष्टचारीको मुलघर सिंहदरबार खाली गर’ जस्ता नारा लगाउदै महानगरका केही स्थान परिक्रमा गर्दै विप्लटमा पुगेर कोण सभामा परिणत भएको थियो ।

कोणसभामा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका एकता महाधिवेश आयोजक समिति सदस्य सुमन पराजुलीले आफ्नै जनतालाई शरणार्थी बनाई मानव तस्कर गर्ने दलालहरुलाई कडा कार्वाहि नगरे क्रान्तिकारीहरुले सडकमा ल्याएर भौतिक कार्वाहि गर्ने चेतावनी दिनु भयो । उहाँले विराटनगरका सुकुम्बासीहरुलाई महानगरले पछिल्लो समय अनावश्यक दुःख दिएको विषय प्रति पार्टीको गम्भिर ध्यानाकर्ष भएको भन्दै उत्पीडित भुमिहिन सुकुम्बासीको समस्या समाधान गर्नुको सट्टा उल्टै उठिबास लगाउन खोजे त्यसबाट उत्पन्न हुने परिस्थितिको समाधान गर्न महानगर तयार हुनुपर्ने भनाई राख्नु भयो ।

कार्यक्रममा नेकपा (मशाल) का केन्द्रिय सदस्य सुरेन्द्र भण्डारीले भ्रष्टचारीहरु उम्किन सक्ने संभावना रहेको भन्दै मानव तस्कर जस्तो जघन्य अपराध गर्ने भ्रष्टचारीहरुलाई कडा कार्वाहि गरिनु पर्ने बताउनु भयो । उहाँले नेपालकै अस्तित्व समाप्त पार्ने नागरिकता विद्येयक खारेज गरेर सच्चा नेपालीलाई सहजरुपमा नारिकता दिने वातावरण बनाउन आग्रह गर्नु भयो ।
उक्त कोणसभाको संचालन क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालकी अप्सरा बानियाँले गर्नु भएको थियो ।































