०२६ सालमा पढाएका विद्यार्थीहरुले गरे क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता सिपी गजुरेललाई अभिनन्दन

०२६ सालमा पढाएका विद्यार्थीहरुले गरे क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता सिपी गजुरेललाई अभिनन्दन

 

काठमाडौं । श्री कमला हाइस्कूल ढुंग्रेबास, सिन्धुलीका विद्यार्थीहरुले क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य नेता सिपी गजुरेललाई अभिनन्दन गरेका छन् । २०२६ सालमा नेता गजुरेलले पढाएका विध्यार्थीहरु र विद्यालयले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा नेता गजुरेल अभिनन्दित हुनुभएको हो ।

‘२०२६ सालको एसएलसी समूहका विद्यार्थीहरुको पुनर्मिलन तथा शिक्षक अभिनन्दन समारोह’ नाम दिइएको कार्यक्रममा नेता गजुरेललाई अभिनन्दन गरिएको हो ।

नेता गुजुरेलसँगै त्यसबेला पठाउनुहुने अन्य शिक्षकहरुलाई समेत विद्यार्थीहरुले अभिनन्दन गरेका थिए । विद्यार्थीहरुले उहाँहरुलाई सयपत्री फूलको माला र खादा लगाइदिएर अभिनन्दा गरिएको थियो ।
नेता गजुरेलले पनि त्यही विद्यालयमा पढ्नस भएको थियो । त्यही विद्यालयबाट एसएसली गरी त्रिचन्द्र कलेजबाट आइएस्सी पास गरेपछि उहाँले त्यो विद्यालयमा करिब पाँच बर्षसम्म अध्यापन गर्नुभएको थियो ।