१३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसमा विश्व ट्रेड युनियन महासंघद्वारा शुभकामना वक्तव्य जारी

१३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसमा विश्व ट्रेड युनियन महासंघद्वारा शुभकामना वक्तव्य जारी

काठमाडौं । विश्व ट्रेड युनियन महासंघले १३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना वक्तव्य जारी गरेको छ । विश्व ट्रेड यूनियन महासंघ समन्वय समिति नेपाल सम्बद्ध संगठनहरु पेसागत महासङ्घ नेपाल, नेपाल राष्ट्रिय कर्मचारी महासंघ, अखिल नेपाल ट्रेड यूनियन महासंघ , नेपाल ट्रेड यूनियन फेडेरेशन, राष्ट्रिय प्रजातान्त्रिक ट्रेड यूनियन महासंघ नेपाल, राष्ट्रिय प्रजातान्त्रिक ट्रेड यूनियन महासंघ, क्रान्तिकारी ट्रेड यूनियन महासंघ नेपाल, प्रगतिशिल नेपाल स्वतन्त्र ट्रेड यूनियन महासंघ, अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका प्रतिनिधिहरुको संयुक्त हस्ताक्षरमा जारी वक्तव्यमा भनिएको छ, “श्रमिकहरुको लामो संघर्ष, बलिदान र गौरवमय इतिहासले भरिपूर्ण रहेको मे दिवस आज विभिन्न कार्यक्रमका साथ नेपाल सहित विश्वभरी मनाइदै छ । हरेक वर्ष मे १ मा मनाइने यो दिवसलाई श्रमिकहरुको बीरता, संघर्ष, बलिदान र विजयीको प्रतिकको रुपमा लिने गरिन्छ । आज १३४ औं मे दिवसका शुभ अवसरमा विश्व ट्रेड युनियन महासंघ, समन्वय समिति नेपाल, राष्ट्रिय÷ अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनका ति तमाम अग्रज श्रमिक योद्धाहरु प्रति उच्च सम्मान प्रकट गर्दछ, जस्ले श्रमिक वर्गको हक अधिकार स्थापनाका लागि बलिदानीपूर्ण संघर्ष गरेर शहादत्त प्राप्त गरे । यसैैगरी न्याय, समानता, स्वतन्त्रता र मर्यादित जीवन बाँच्न पाउने श्रमिक वर्गको मानवाधिकारका लागि विश्वभरी भैरहेका श्रमिक आन्दोलनप्रति हार्दिक ऐक्यवद्धता प्रकट गर्दै देश विदेशमा कार्यरत रहनु भएका सम्पूर्ण श्रमिक पेशाकर्मीहरुमा हार्दिक शुभकामना प्रकट गर्दछ ।
उन्नाइसौं शताव्दीको आरम्भमा अमेरिका तथा युरोपका कारखानामा काम गर्ने श्रमिकहरुको ज्याला तथा श्रम समयमा चरम शोषण र दमन थियो । दैनिक १६–१८ घण्टा काम गर्दा पनि जीवन गुजारा चल्ने अवस्था नहुँदा कारखाना मालिक र मजदुरवर्ग बीच अन्तरविरोध चर्किदै जान थाल्यो । फलस्वरुप मजदुरहरुले ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जन लगायतका मागहरु राखी १८८६ मे १ देखि अमेरिकाको सिकागो सहरमा हजारौँ मजदुर आम हडतालमा उत्रिए । आम हड्तालमा उत्रिएका मजदुरहरु माथि व्यापक दमन भयो । चर्को दमनका वावजुद पनि आन्दोलनले निरन्तरता लियो र करिब ४ वर्ष पछि तत्कालिन अमेरिकी सरकार मजदुरहरुको माग पुरा गर्न वाध्य भयो । यसरी १६–१८ घण्टाको अनिश्चित समय र पीडादायी कार्यदिनको बोझबाट मुक्ति पाउन सुरु गरिएको ऐतिहासिक यो आन्दोलनलाई सम्मान गर्दै १८८९ मा कमरेड एङ्गेल्सको नेतृत्वमा सम्पन्न समाजवादीहरूको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनले मे १ लाई मजदुर दिवसका रूपमा मनाउने निर्णय गरे । तत्पश्चात् १८९० देखि हरेक वर्ष मे १ गतेका दिन विश्वव्यापी रूपमा मे दिवस मनाउने गरिएको छ । यद्दपि नेपालका सन्दर्भमा भने पञ्चायतकालिन भुमिगत अवस्था देखिनै मनाउँदै आएता पनि वि.सं. २०६४ साल देखि सरकारले विदा दिन थाले पछि मात्रै सार्वजनिक रुपमा मे दिवस मनाउने परम्पराको शुरुआत भयो ।
तर आज पनि मजदुर वर्गको जीवनमा तात्विक भिन्नता आउन सकेको छैन । विश्व साम्राज्यवाद र पूँजीवादले सञ्चालन गरेको युद्ध, हत्या आतंक र शोषणका अनेक रुपबाट श्रमजिवी वर्ग प्रताडित भइ नैै रहेका छन् । शिक्षा, स्वास्थ्य, आवास, खाद्यान्न र खानेपानी जस्ता आधारभुत आवश्यकता तथा सेवाहरुमा भैरहेको व्यापारीकरण र निजीकरणले गर्दा श्रमिक वर्गको जीवन झन झन कष्टकर बन्दै गएको छ । यसैगरी गरिबी, अभाव, बेरोजगारी, रोजगारीको असुरक्षा र सामाजिक सुरक्षा विहिनताले गर्दा तमाम श्रमिकहरु मारमा परेका छन् । सन २०१९ मा शुरु भएको कोभिड महामारीको प्रकोपबाट पनि सबभन्दा ठूलो मार श्रमजिवी बर्ग माथि नै पर्न गयो । उक्त सङ्कटबाट संसारभरका उत्पादन उद्योग, होटल, पर्यटन, निर्माण तथा रोगजारमूलक क्षेत्र अवरुद्ध भएका कारण लाखौं मजदुरहरु बेरोजगार हुन पुगे, कम्पनीबाट निकालिएका लाखौं आप्रवासी श्रमिकहरुले आफ्नो पाकेको ज्याला, तलव तथा अन्य सेवा सुविधाका पारिश्रमिक पाउन सकेनन् । लकडाउनका अवधिमा भोक, प्यास, उद्धार तथा स्वास्थ्य सुरक्षाको अभावले हजारौं श्रमिकहरुले ज्यान गुमाए, आज पनि तिनका बालबच्चा परिवार शिक्षा, स्वास्थ्य, उचित आहारा तथा सामाजिक सुरक्षाको अभावमा अत्यन्त दयनिय जीवन बाँच्न वाध्य भैरहेका छन् ।
कोभिड १९ को महामारीले उत्पन्न अकल्पनिय संकटबाट तंग्रिन नपाउँदै पुनः युद्ध पिपासु साम्राज्यवादीहरु र तिनको गठजोड रहेको नेटोको उक्साहटमा गतवर्ष देखि रुस उक्रेन युद्ध भैरहेको छ । फलस्वरुप शक्ति राष्ट्रहरुको बीचमा अत्याधुनिक परमाणविक हात हतियारको होडबाजी, आर्थिक तथा व्यापारिक युद्ध, विश्व व्यापी उर्जा तथा खाद्यान्न संकट, चरम महंगी तथा आर्थिक मन्दीबाट हुने बेरोजगारीका कारण विश्वव्यापी रुपमा श्रमजिवी बर्गको जीवन थप संकटमा पर्ने अवस्था उत्पन्न भएको छ । यसबाट नेपाल जस्तो गरिब तथा बिकासोन्मुख देशहरुको अर्थतन्त्र धरासायी हुने जोखिम बढेको छ । यस सन्दर्भमा गत वर्ष मे ५–७, २०२२ मा इटालीको रोममा सम्पन्न भएको विश्वका प्रगतिशिल तथा समाजवादी पक्षधर श्रमिकहरुको अन्तर्राष्ट्रिय ट्रेड युनियन केन्द,्र विश्व ट्रेड युनियन महासंघ ९ध्ँत्ग्० को १८ औं (अठाह्रौँ) विश्व सम्मेलनले “साम्राज्यवादी आर्थिक नाकाबन्दी बन्द गर, तिनले सिर्जित गरेका संकटका लागि हामी मूल्य चुकाउदैनौ” नारा अघि सारेको छ भने सम्मेलनले पारित गरेका घोषणा अनुरुप श्रमिक विरोधी निति खारेज गर, निजीकरण बन्द गर, सबै तह र प्रकृतिका श्रमिक पेशाकर्मीहरुको महंगीको अनुपातमा ज्याला, तलव, रोजगारको स्थायित्व, कार्यथलोमा सुरक्षा र समान अवसर, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य, आवास, आप्रवासी श्रमिकहरुको अधिकार तथा सेवा निवृतहरुको लागि मर्यादित पेन्सनको व्यवस्था कार्यान्वयन गर्न सबै देशको सरकारसंग माग गरेको छ ।
१३४औं मे दिवसको अवसरमा विश्व ट्रेड यूनियन महासंघसंग आवद्ध हामी नेपालका तपसिलका ९ वटा ट्रेड यूनियन महासंघहरु श्रमिक पेशाकर्मीहरुको उपरोक्त मागहरुप्रति ऐक्यवद्यता प्रकट गर्दै उच्चस्तरीय तलव आयोगले सिफारिश गरेको तलव स्केल कायम गर्न, सम्पूर्ण श्रमिकको न्यूनतम ज्याला सरकारी क्षेत्रका कार्यालय सहयोगीसरह हुने गरी तत्काल वृद्धि गर्न, श्रमिक विरोधी प्रावधानहरु खारेज गर्न, टे«ड युनियन अधिकार सुनिश्चित गर्न, राष्ट्रिय श्रम आयोग गठन गर्न, स्थानीय तहसम्म श्रमिकहरुको पञ्जिकरण तथा श्रम कार्यालय÷अदालतको व्यवस्था गर्न, श्रमिकलाई कार्यरत स्थानबाट मतदान गर्ने पाउने व्यवस्था गर्न, आप्रवासी श्रमिकको मताधिकार र प्रतिनिधित्वको व्यवस्था गर्न, न्यून आय भएका जनता र श्रमिकलाई सहुलियत कार्डको व्यवस्था गर्न, संविधानले प्रदान गरेको मौलिक अधिकार शिक्षा, स्वास्थ्य, रोजगारी आवास, खाद्यान्न, स्वस्थ पिउने पानीको तत्काल व्यावहारिक कार्यान्यवन गर्न नेपाल सरकारको ध्यानाकर्षणका लागि अनुरोध गर्दछौं । साथै श्रमिक वर्गको हितमा पारित भएका नीति तथा कार्यक्रमको दृढतापूर्वक प्रभावकारी कार्यान्वयनमा सम्पूर्ण श्रमिक पेशाकर्मी मित्रहरुमा एकजुट भै अघि बढन् हार्दिक अपिल गर्दछौँ ।”