अखिल क्रान्तिकारी प्रदेश पाँचमा नयाँ नेतृत्व

अखिल क्रान्तिकारी प्रदेश पाँचमा नयाँ नेतृत्व

रवि पाण्डेय
भालुवाङ – नेकपा(क्रान्तिकारी माओवादी)निकट अखिल (क्रान्तिकारी) पाँच नम्बर प्रदेश भेला संगठनको संजाल विस्तार गर्ने उद्घोष सहित नयाँ नेतृत्व निर्वाचित गरेर भालुवाङमा सम्पन्न गरिएको छ ।

भेलाले महेश श्रेष्ठको अध्यक्षतामा पछि ६ जना थप्ने गरी २५ सदस्सीय प्रदेश समिति निर्वाचित गरेको हो ।

भेलाले उपाध्यक्षद्वयमा मनोज थापा र दिल बहादुर चुदाँरा, सचिव संग्राम भ्यु थापा सहसचिव तपेन्द्र न्यौपाने र अमृता खड्का र कोषाध्यक्ष निरुता बलाल मगरलाई निर्वाचित गरेको छ ।

त्यस्तै प्रदेश सदस्यहरुमा सविना चौधरी,संगम केसी, कमल ओली, सुवास यादव, भुवन तिमिल्सिना,कृष्ण भुजेल, अर्जुन तरामु मगर, आशा आले मगर, प्रसन सारु मगर, मुना थापा ,प्रेम परियार, जेम्स बिष्टलगायतलाई निर्वाचित गरेको छ ।


भेलालाई उद्घाटन गर्दै अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले संगठनलाई थप मजबुत बनाउदै शैक्षिक माफियाकरणका बिरुद्ध धावा बोल्ने उद्घोष गर्नुभयो ।

उहाँले नीजिकरण ब्यापारीकरण र माफियाकरण बिरुद्ध शैक्षिक आन्दोलन छेड्दै प्रदेश समितिले संगठनलाई नयाँ गति दिदै जनवादी बैज्ञानिक समाजवादी शिक्षाका लागि संर्घष उठान गर्ने विश्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रममा नेकपा(क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य निरज केसी समिरले अबको युगको आन्दोलनको नेतृत्व युवा बिद्यार्थीले गर्ने बताउनुभयो । उहाँले आबेग बिबेक सहितको शक्ति बिद्यार्थीहरु रहेको उल्लेख गर्दै बिद्यालय तथा क्याम्पसका हुने बिकृति बिसंगति भष्ट्रचार तथा अनियमितताका बिरुद्ध लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा अखिल नेपाल थारु राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष रामजी चौधरी, अखिल नेपाल आदिवासी जनजाति महासंघका प्रदेश संयोजक राजु भुजेल, अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघका प्रदेश संयोजक तिलक बिक ,क्रान्तिकारी युवा लीगका प्रगति राना मगरलगायतले बोल्दै भेला सफलताको शुभकामना ब्यक्त गर्नुभयो ।

कार्यक्रमका अध्यक्ष समेत रहनुभएका नव निर्वाचित प्रदेश अध्यक्ष महेश श्रेष्ठले प्रदेशलाई शैक्षिक आन्दोलनको केन्द्र बनाउदै नयाँ गतिका साथमा संगठनलाई सुदृढ बनाउदै लैजाने प्रतिबद्धता ब्यक्त गर्नुभयो । कार्यक्रमको संचालन मनोज थापाले गर्नुभएको थियो ।