१३ बैशाख कागेश्वरी मनोहरा, काठमाडौ ।
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको काठमाडौ कागेश्वरी मनोहरा – ७, वीरेन्द्र चोकमा अनौपचारिक क्षेत्रमा कार्यरत मजदुरहरुको भेला सम्पन्न भएको छ । भेलाले सबिन पाठकको संयोजकत्वमा १५ सदस्यीय कमिटी गठन गरेको छ ।
भेलालाई महासंघका उपाध्यक्ष इश्वर तिमिल्सिना र सचिव रंगवीर दोङले प्रशिक्षित गर्नुभएको थियो । भेलालाई प्रशिक्षित गर्दै उपाध्यक्ष तिमिल्सिनाले अहिलेको व्यवस्था मजदुर किसानको चर्को शोषण गर्ने मुठ्ठीभर नोकरशाही, दलाल र सामन्तहरुको व्यवस्था भएको र त्यसबाट मुक्त नहुँदासम्म मजदुरहरुको वास्तविक मुक्ति सम्भव नहुने बताउनुभयो । उहाँले भन्नुभयो “ यो व्यवस्था मुठ्ठीभर नोकरशाही, दलाल र सामन्तहरुको हो । यो सरकार तिनै मुठ्ठीभरहरुको निर्देशनमा चल्छ । अहिले मजदुरहरु चर्को शोषणबाट गुज्रिएका छन । मजदुरहरुको रोजगारीको प्रश्न, न्यायको प्रश्न, स्वास्थ्यको प्रश्न, शिक्षाको प्रश्न, सुरक्षाको प्रश्न, अधिकारको प्रश्न उठिरहेका छन । तर यो सरकारले ति प्रश्नहरुको सम्बोधन हैन, बरु प्रश्नहरुमाथि प्रतिबन्ध लगाएको छ । थैलिपतिहरुले जे भन्छन, यो सरकारले त्यही गर्छ । त्यसकारण मजदुरहरु यो व्यवस्थाले दिएका भ्रममा पर्ने होइन, यो व्यवस्था बदल्ने प्रक्रियामा जुट्नुपर्छ । यो व्यवस्था नबदलेसम्म मजदुर मुक्ति सम्भव छैन ।“
त्यससँगै उहाँले आगामी मई – १ अर्थात १३४ औं अन्तर्राष्ट्रिय मजदुर आन्दोलन दिवसलाई ऐतिहासिक र प्रभावकारी बनाउने गरि भूमिका खेल्न र वैशाख १८ गते खुलामञ्चको कार्यक्रममा सहभागी हुन भेलामा उपस्थित सम्पूर्णमा आव्हान गर्नुभयो ।
भेलामा पार्टी केस बिमल, केन्द्रीय र प्रदेश अभियानदलबाट महासंघका महासचिव वसन्त बोगटी, कोषाध्यक्ष कुमार घताने, केन्द्रीय सदस्यहरु बालकृष्ण सिटौला, राजु तामाङ, लक्ष्मीराम दंगालको उपस्थिति रहेको थियो ।
यो अभियान अन्तरगत महासंघले पाँच लाख मजदुरसम्म पुग्ने, दशहजार मजदुर संगठित गर्ने र एक हजार नयाँ इकाई निर्माणको लक्ष्य लिएको छ ।