व्रिटिश भारतको आक्रमक – औपनिवेशीक युद्ध विरुद्ध देशभक्त पुर्खाहरु लडेर ई १८१६सुगौली सन्धी देखी नयाँ मुलुक कब्जा सम्म (ई. १८६०) आजको नेपाल खडा गरे पनि अर्ध औपनिवेशीक सन्धी (१८१६) गर्दै यसैलाई सदर मान्दै त्रिपक्षीय सन्धी १९४७ भारत व्रिटिश नेपाल विच सम्पन्न गर्दा अर्ध औपनिवेशीक मालीक भारत बन्यो, तब बाट नेपाल भारतकै अर्ध उपनिवेश भयो ।
१९५०मा नेपाल भारत शान्ती र मैत्री सन्धीले नेपाललाई भारतको एकलौटी नवउपनिवेश बनायो । नेपालको सरकार सञ्चालन उत्तरी चेकपोस्टमा १८ ठाउँमा भारतीय सेना, मन्त्री मण्डल, अदालतमा भारतीय नागरिक, अर्थतन्त्रको साँचो भारतले राख्दै नेपाल हिन्दु राज्य – प्रजातान्त्रीक सरकारको व्यवस्था – संविधान बाहिरै लेखेर ल्याए – राजा, कांग्रेस, जंगे राणा सरकारले ।
राज्य सत्ता – व्यवस्थाको मुली भारत, अर्थतन्त्रको मुली पनि भारत अनि सरकार प्रशासनमा नेपाली नियुक्ति, प्रजातन्त्र आयो भन्ने गोर्खा खुकुरी दल, नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट प्रजापरिसद, तराई कांग्रेस राजाबाट वक्सेको संविधान – २०१५को चुनाव, नेपाली कांग्रेस – वि.पी. कोइराला सरकार। राजा महेन्द्रले प्रजातन्त्रको विघटन – प्रतिबन्ध – जेल, यो कसरी भयो?
डेमोक्रेट – कांग्रेसी र कम्युनिष्ट नेताहरु जेल र भारत प्रवास, निर्दलीय – मण्डले – राप्रपा – हिन्दु राजा भन्ने पार्टी थपिए। नेपाली कांग्रेस संयुक्त वाम मोर्चाले २०४६ सालमा स्पष्ठ बहुदलीय प्रजातन्त्र, संसदीय राजतन्त्र वा संवैधानीक राजतन्त्रको मांग राख्दै शान्तीपूर्ण – संयुक्त जन आन्दोलन उठाए । यस प्रजातान्त्रीक कार्यमा भारतकै असरदार भूमिका रह्यो । अनि उही दलाल पुँजीवादी प्रजातन्त्र कै संविधान – संसदको पुनरगठन भयो । अनि ०४७को संविधानले नवउपनिवेशीक वुर्जुवा प्रजातन्त्र दियो संगै ीएन्, उदारीकरण, निजीकरण, भूमण्डलीकरणले नेपाल नै डस्यो, उपभोक्तावादी दलाल पुँजीवाद आयो ।
राजा, राणा, कांग्रेस, कम्युनिस्ट संसद – राज्य भारतको दलाल – नवउपनिवेश भयो भन्दै यसको अन्त्य गरेर नयाँजनवादी क्रान्ती (समाजवादको आधार) सम्पन्न गर्ने माओवादी दीर्घकालीन जनयुद्ध जारी गर्दै माओवादी – झापाली विद्रोह ०२८को उत्तराधिकारी बने – नेपाल कम्युनिस्ट पार्टी (माओवादी) । राजा ज्ञानेन्द्रले ०४७को संविधान प्रजातन्त्र खारेज गरे, निरंकुश राजतन्त्र पुनरस्थापना गरेर नवउपनिवेशीक राजतन्त्र वा दलाल पुँजीवादी राजतन्त्र जारी गरे ।
जनमुक्ति सेना, आधार क्षेत्र – जनयुद्ध नष्ट गर्न साम्राज्यवाद सामु आत्म सपर्पण गर्न – गराउन मूल प्रचण्ड – बाबुराम लागे । जनयुद्ध खरानी पारेर संघीय, धर्मनिरपेक्ष लोकतन्त्र (गणतन्त्र)आएर नेपालको संविधान – ०७२ संस्थागत छ । यसको मास्टर प्लान – डि.पी.आर. गर्ने पनि भारत सरकार हो जसले आई.पी.एस – एम.सी.सी – एस.पी.पी सन्धि कानुन – संविधान ०७८ संसदले करतल ध्वनी साथ एकमतले पारीत – जारी – संस्थागत गरÞ्यो । नवउपनिवेशीक नेपाल यहिबाट भारत अमेरिकी सैन्य मैदान बनेको छ, दलाल पुँजीवाद अविरल कायम – जारी नै छ ।
यो नेपालको संविधान कांग्रेस, डेमोक्रेट, कम्युनिस्टका आठ संसदीय दलले एकैमत बाट जारी गरे।“ नेपाली संसदीय पार्टीहरुको , संविधानले नियुक्ति – दर्ता – खारेज, नया दर्ता गर्दछ। राज्य – संविधानको प्रतिनिधि संसदीय दल नै हुन ्। सरकार बनाउने सरकार – प्रसासनलाई सहयोग गर्ने संविधानको रक्षा गर्ने काम दलकै हो । संसदीय दलहरुले संविधानको सार भाव – स्वत्वको रक्षा गर्नु पर्छ। नवउपनिवेशीक, दलाल, पुँजीवादी शासक – राज्य नेपाल आई.पी.एसको सैन्य मैदान भएको छ अब सुदृढ – संस्थागत भएको छ । जनताको विकास, समृद्धि हुन्न अधोगति – कंगाली, उपभोक्तावादी मुलुक भएको छ । यस संविधान, संसद – दलले असफल राष्ट्र बनाएर नै पी.पी.एस. लागु छ। आम संकट र विघटनमा नेपाली समाज लागी सक्यो । सबै दलका लक्ष्य र कार्यक्रम चकनाचुर भए । नेपालको शासक वर्ग राज्य, संविधान, राजनीति, सैन्य दलालमा परिणत भयो ।
नेपालको सुन्दर – उज्वल विकास – समृद्धिको वैचारिकी – राजनीति मुलबाटो – विज्ञान के हो ? देशभक्त नेपाली राजनीतिक कर्मी – पार्टीले सोच्नु – खोज्नु – रोझ्नु र प्रयोग गर्नु पर्छ । नेपाली इतिहास – समाजको क्रान्ती, मुक्ति र विकास – समृद्धिको बाटो – राजनीति देशभक्त, श्रमीक, जनता राष्ट्रियता – सर्वहारा वर्ग संग छ ।
१. हिन्दु सम्राटको राजनीति प्रचार – संगठन छ । २. पहिचानवादको मुद्दा उठाएका छन् । ३. युक्राइनी – सिक्किमी करणको सैन्य बाटो ऐन बन्यो । ४. नयाँजनवादी क्रान्तीको बाटो साम्यवादी बाटो झापाली विद्रोह – नेपाली जनयुद्धले पेश गरेको छ । नेपाली कम्युनिस्ट पार्टी÷आन्दोलनले – पुष्पलाल, मनमोहन, केशरजंग, तुलसीलाल, मोहनविक्रम, मदन भण्डारी, प्रचण्ड, केपी ओली आठ नेतृत्व शृंखलाले युक्राइनी करणको सैन्य केम्पमा नेपाली क्रान्तीकारीलाई फसाए, संयुक्त जनआन्दोलन – संसद पुनरस्थापना भन्दै नेपाल विदेशी सैन्य अड्डा बनाए । क्रान्तीकारीले संसदीय संसोधनवादीलाई पराजीत गर्न सकेनन, माओवादी जनयुद्ध जोगाउन पनि सकिएन । ३ पुस्ता ७४ वर्ष नेता भक्त भइयो, अहिले पनि ओली सरकार संग गरेका ३ बुंदे सहमति – जनमत संग्रहको नारा उछालेका छन् ।
मोहन वैध – किरण, राम सिंह श्रीस कञ्चनले दुई लाइनको संघर्ष चलाउदै सिक्किमी करण – युक्राइनी करण विरुद्ध अग्र मोर्चामा संघर्षरत छन् । दलाल पुँजीवादको अन्त्य गर्न नयाँजनवादी क्रान्ती जारी राखेका छन् । किरण –कञ्चन – संयोजनमा “माओवादी एकता गराउने, गत २०७९ चैत्र २४ गते, १० बुदे एकताका आधार – सिद्धान्त सार्वजनिक गर्दै १ मई दिवस २०२३मा खुला सभा काठमान्डौ द्वारा नेकपा – माओवादीको क्रान्तीकारी पुनरगठन बन्ने प्रवल सम्भावना छ, क्रान्तीकारीले स्वागत गर्ने छौ ।
माओवादी कलेज बुटवल – २०४९ “अर्जुन सिंहले, एकता सभाको स्वागत गर्दै दिएका निम्न सुझावहरु म्ननयोग्य छन् ः
१ पार्टीमा माओवादी झुण्डाउनु पर्ने २. “माओवादी अन्तराष्ट्रिय समिति“ निर्माणमा जोड दिनुपर्ने ३. “मालेमावाद – नयाँ जनवाद पथ प्रदर्शक“ हुनु पर्ने ४. “माओवादी जनयुद्ध – गाउँले शहर कब्जा गर्ने नीति“ यी ४ संघटक सिद्धान्त अभिन्न छन् भन्ने स्मरण गराउछौ । साथै निम्न नाराहरु तत्कालका लागि उपयुक्त छन् ः
१. १ मई माओवादी पार्टी पुनरगठन सभा – जीन्दावाद
२. माओवादी इन्टरनेशनल समिति (च्क्ष्ः) निर्माण जीन्दावाद
३. माओवाद प्रयोग गरौ संसोधनवाद मुर्दावाद ।
४. नेपालको दलाल पुँजीवाद – युक्राइनीकरण मुर्दावाद ।
५. माओवादी जनयुद्धको लाईन जीन्दावाद ।
६. माओवादी इन्टरनेशनल कमिटि (च्क्ष्ः० जीन्दावाद ।
७. नेपालको संसदीय संसोधनवाद – मुर्दावाद ।
८. नयाँजनवादी क्रान्ती – जीन्दावाद ।
–क्रान्तिकारी अभिनन्दन
“माओवादी कलेज बुटवल – २०२९“
–अर्जुन सिंह – २२ अप्रेल ०२३






























